२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हाफ पेन्ट लगाएको भन्दै सेवाग्राही सेवाबाट वञ्चित

२०८०, १० असार आईतवार ०७:१८

असार १०, काभ्रे | जिल्ला प्रशासन कार्यालय काभ्रेले आज बिहान एक व्यक्तिलाई हाफ पेन्ट लगाएको भन्दै पासपोर्ट सेवामा रोक लगाएको छ ।

आइतबार बिहान एक जना व्यक्ति पासपोर्ट बनाउन जिल्ला प्रशासन कार्यालय काभ्रे हाफ पेन्ट लगाएर पुगेका थिए । उनलाई हाफ पेन्ट लगाएको भन्दै प्रशासनले पासपोर्ट बनाउने लाइनबाट हटाइएको एकजना प्रत्यक्षदर्शीले बताएका छन् ।

लाइनबाट हटाइएपछि ती व्यक्तिले ‘ट्राउजर’ किनेर पुनः पासपोर्ट लाइनमा आएका थिए । प्रत्यक्षदर्शीले भने, ‘एकजना व्यक्ति हाफ पेन्ट लगाएर लाइनमा लागेका थिए । पालो आउने बेला प्रशासनले हाफ पेन्ट लगाएका व्यक्तिलाई लाइनबाट हटायो ।’ त्यसपछि ती व्यक्तिले बाहिर पसल गएर ‘ट्राउजर’ किनेर लगाएपछि आफ्नो काम गरेर फर्किएको प्रत्यक्षदर्शीले बताए ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलका अनुसार प्रशासनले सरकारी कार्यालय जस्तो स्थानमा हाफ पेन्ट लगाएर आउनु राम्रो हो ? भनेर सम्झाएको बताएका छन् । पौडेलले प्रशासनको सेवाका कुनै प्रकारको रोक नलगाएको बताएका छन् । उनले केबल एक सचेत नागरीको हैसियतले सुझाव मात्रै दिएको दाबी गरेका छन् ।

पौडेलले भने, ‘हामीले ती व्यक्तिलाई सेवामा रोक लगाएका हैनौँ । सचेत नागरिकको हैसियतले केबल भनेका हौँ । यदि यस्तो प्रकरणको काम प्रशासनले गरेको हो भने हामीसँग गुनासो सुन्ने निकाय पनि छ । त्यहाँ गएर गुनासो गर्दा हुन्छ । हामीलाई ती व्यक्तिको नाम पनि थाहा छैन ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै