कारागारमा छोरा भेट्न गएकी आमा खैरो हिरोइनसहित पक्राउ

Posted on: 25 Jun, 2023

असार १०, कैलाली | कैलाली जिल्ला कारागारमा छोरा भेट्न गएकी एक महिला पक्राउ परेकी छन् ।

जिल्लाको धनगढी उपमहानगरपालिका-१ मा रहेको कारागारमा लागुऔषधसहित धनगढी- ३ मिलन चोककी ५० वर्षीय कमलादेवी अवस्थी पक्राउ परेकी हुन् ।

लागुऔषधमा कारागार चलान भएका २१ वर्षीय ओमप्रकाश अवस्थीलाई भेट्न गएकी कमलादेवीको साथबाट लागुऔषध खैरो हिरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए ।

उनले छोराका लागि ल्याएको बिस्कुटभित्र ५४० मिलिग्राम लागुऔषध भेटिएको साउदले बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!