२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अमेरिकाको ग्रिनकार्ड भएको भन्दै ५० लाख दाइजो मागेपछि विवाहमण्डपबाटै बेहुला पक्राउ

२०८०, १३ असार बुधबार ०३:४०

असार १३, काठमाडौँ | अमेरिकाको ग्रिनकार्ड होल्डर भएको भन्दै ५० लाख दाइजो मागेपछि विवाहमण्डपबाट बेहुलालाई पक्राउ गरेको छ |

काठमाडौँको नक्सालस्थित लिसरा रिसेप्सनमा आयोजित विवाह कार्यक्रममा ५० लाख दाइजो नदिएको भन्दै  ‘लफडा’ गरेपछि प्रहरीले दुलाहालाई नियन्त्रणमा लिएको छ ।

दाइजोको निहुँमा विवाद गरेर ५० लाख मागेको आरोप र बेहुलीमाथि हातपात भएको सूचनाका आधारमा प्रहरी वृत्त मालीगाउँले बेहुला सुनसरी दुहबी नगरपालिका– ६ स्थायी घर भई काठमाडौंको ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियारलाई मंगलबार बिहान २ बजे पक्राउ गरेको हो।

रौनियार अमेरिकाको ग्रिनकार्ड होल्डर भएको भन्दै उनीहरूले ५० लाख दाइजो मागेका हुन् । बेहुली पक्षले दिएको २२ लाख दाइजो अपुग भएको र जन्तीलाई राम्रो मेजमानी नभएको भन्दै रौनियार पक्षले ‘विवाद’ गरेका हुन् । 

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपीका अनुसार दाइजो माग्नु अपराध भएकाले उनलाई विवाहमण्डपबाटै पक्राउ गरिए बताए |

उनले भने "देशको राजधानीमै दाइजो माग्दै धम्क्याउनु अचम्मको घटना हो |" हामीले बेहुलालाई विवाहसम्बन्धी कसुर मुद्दामा कारबाही अघि बढाएका छन्, बेहुलाका अन्य परिवारमाथि पनि अनुसन्धान जारी छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै