२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

२५ वर्षदेखि नक्कली भारतीय राहदानी प्रयोग गर्दै आएका एक नेपाली पक्राउ, कसरी पक्राउ परे?

१३ असार २०८०, बुधबार ११:२८

असार १३, काठमाडौँ | लामो समयदेखि नक्कली भारतीय राहदानी प्रयोग गरेर विदेश ओहोरदोहोर गरिहेका एक नेपाली नागरिकलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

उनले २५ वर्षदेखि नक्कली भारतीय राहदानी प्रयोग गर्दै आएका थिए । सोही राहदानी प्रयोग गरेर उनी भारतबाट मौरिसस र मौरिससबाट भारतको विभिन्न सहर ओहोरदोहार गर्दै आएका थिए । ५० वर्षीय वर्षीय मणिरत्न भण्डारीले पछिल्लो पटक सन् २०१२ देखि सन् २०२२ सम्म मौरिससमा घरेलु कामदारका रुपमा काम गरेका थिए । 

भारतीय समाचारपत्र टाइम्स अफ इन्डियाले भण्डारीको घर नेपालको लुम्बिनीमा रहेको जनाएको छ । भारतको मुम्बईबाट सोमबार मौरिसस उड्ने तयारीमा रहेका भण्डारीलाई विमानस्थल सुरक्षा प्रहरीले पक्राउ गरेको समाचारमा जनाइएको छ ।  भण्डारीले मौरिससको नागरिकतासमेत लिएको समाचारमा दाबी गरिएको छ । सन् १९९७ को नोभेम्बरमा उनले पहिलो पटक नक्कली भारतीय राहदानी प्रयोग गरी मौरिससको भ्रमण गरेका थिए । यसैगरी कोरोना भइरसको महामारीका बेला सन् २०१९ मा उनी नेपाल आएको पनि समाचारमा जनाइएको छ ।

कोरोना महामारी कम हुँदै गएपछि उनी पुनः मुम्बई हुँदै मौरिसस उडेका थिए । सोमबार मुम्बईमा पक्राउ परेपछि उनको भारतीय राहदानी जफत गरिएको छ । स्थानीय प्रहरीले उनलाई अदालतमा उपस्थित गराउने तयारी गरिरहेको छ ।  भण्डारीको पक्राउको बारेमा भारतस्थित नेपाली राजदूतावासलाई समेत जानकारी गराइसकिएको समाचारमा जनाइएको छ । भण्डारीलाई विमानस्थलमा खटिएका सुरक्षाकर्मी ५० वर्षीय कन्स्टेबल सचिन तन्डेलले पक्राउ गरेका हुन् । 

सचिनलाई शंका लागेपछि उनले भण्डारीसँग सोधपुछ गरेका थिए । भण्डारीको जवाफबाट सन्तुष्ट नभएपछि उनलाई थप सोधपुछका लागि विमानस्थलको सुरक्षा इन्चार्ज राजकुमार वर्मानजिक लगिएको थियो । त्यहाँ सुरक्षा अधिकारी अभिशेक गउड र प्यासेन्जर प्रोफाइल असिफरले भण्डारीलाई लामो समय केरकार गरेका थिए । त्यसपछि भण्डारी नेपाली नागरिक भएको र उनले भारतको नक्कली राहदानी बनाएर प्रयोग गरेको रहश्य खुलेको थियो । प्रहरीले भण्डारीबाट नेपालको सावारी चालक अनुमतिपत्र समेत बरामद गरेको समाचारमा जनाइएको छ । 

आफूले सन् १९९७ मा भारतको नक्कली राहदानी बनाएको बयान भण्डारीले प्रहरीसमक्ष दिएका छन् । उनी सन् १९९४ मा मुम्बई पुगेका थिए । त्यहाँ उनी एक होटेलमा काम गर्थे । होटेलमा काम गर्नेक्रममा उनको भेट एक ग्राहकसँग भएको थियो ।  होटेलमा नियमित रुपमा आउने ती ग्राहकले नै भण्डारीलाई मौरिससमा घरेलु कामदारका रुपमा काम लगाइदिने प्रलोभन दिएका थिए । होटेलमा आउने उनै ग्राहकले भण्डारीसँग तीन हजार भारतीय रुपैयाँ लिएर भारतको नक्कली राहदानी बनाउन सहयोग गरेका थिए ।

त्यसपछि उनी होटेलको जागिर छाडेर मौरिससमा घरेलु कामदारका रुपमा काम गर्न निस्किएका थिए । उनले सन् २०१२, सन् २०१३, सन् २०१७ र सन् २०२२ मा मुम्बईबाट मौरिसस र मौरिससबाट मुम्बई ओहोरदोहोर गरेको देखिएको छ ।  यसैगरी भण्डारी सन् २०१८ मा मौरिससबाट भारतको दिल्ली ओर्लिएको पनि पाइएको छ । यसका अतिरिक्त सन् २०१९ मा उनी मौरिससबाट भारतको अर्को सहर कोलकातामा ओर्लिएका थिए । सोही विमानस्थल प्रयोग गरी उनी पुनः मौरिसस फर्किएका थिए । भारतीय प्रहरीले भण्डारीमाथि राहदानी दुरुपयोग र धोखाधडीमा कानुनी कारवाही अगाडि बढाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै