असार १४, काठमाडौँ | विभिन्न मागसहित चालक र व्यवसायीले सार्वजनिक सवारीसाधनसहित विरोध र्याली निकालेका छन् । सितापाइलाबाट सुरू र्यालीमा ट्याक्सी, ट्रक, टिपर, खानेपानी ट्यांकर, साना ढुवानी गाडी, टेम्पो, माइक्रोलगायत सवारी एकैपटक निकालेर विरोध गरिएको हो ।
राष्ट्रवादी ट्याक्सी तथा चालक व्यवसायी संघको ब्यानरमा प्रदर्शनमा उत्रिएकाहरुले आफूहरुका लागि पार्किङ स्ट्याण्ड हुनुपर्ने, २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्ने, निजी सवारी साधनले भाडाका सवारी साधनले जस्तो सेवा दिन नपाउनुपर्ने, लगायत माग राखेका छन् । सरकारका नीति र निर्णय आफूहरुको बाँच्न पाउनुपर्ने हकविरुद्ध भएको भन्दै उनीहरुले नाराबाजी गरेका छन् ।
उनीहरुले कलंकी-बालाजु खण्डको सडकको एक लेन ढाकिने गरी प्रदर्शन गर्दा सवारी आवागमन प्रभावित भएको छ ।