२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बैंकको नक्कली फेसबुक पेजको जालमा पर्दा खाताबाट १२ लाख झ्वाम्

२०८०, १४ असार बिहीबार ०९:०१

असार १४, काठमाडौँ | बैंकको नक्कली फेसबुक चलाएर ठगी गिरोहले जापानमा काम गरिरहेकी एक नेपाली महिलाको १२ लाख २० हजार रूपैयाँ झ्वाम् पारेको छ ।

काठमाडौं प्रहरीका अनुसार पीडितले राष्ट्रिय वाणिज्य बैंकमा रहेको आफ्नो खातामा जम्मा भएको रकम हेर्न एप्लिकेसनको पासवर्ड बिर्सेपछि फेसबुकमा खोजी गरी राष्ट्रिय बाणिज्य बैंक उल्लेख भएको पेज र त्यहाँ उपलब्ध मोबाइल नम्बरमा सम्पर्क गरेकी थिइन् ।

त्यहाँ उपलब्ध भएको मोबाइल नम्बरमा सम्पर्क हुँदा आफू बैकको कर्मचारी भएको र समस्या समाधानका लागि फोटो र नागरिकताको प्रतिलिपि पठाउन आग्रह गरियाे । तर, भाइभरमा फोटो र नागरिकता पठाएर विवरण दिएपछि आफूलाई कर्मचारी बताउने ती व्यक्ती सम्पर्कबाहिर भएको पीडितको जाहेरीमा उल्लेख छ । त्यसपछि पिडितले नेपालमा रहेकी आफ्नी आमालाई बैंकमा पठाएकी थिइन् ।

तर, पिडितको बैंक खाताबाट विभिन्न तीनजना व्यक्तिको खातामा साढे १२ लाख रूपैयाँ पठाएको जानकारी पाएपछि गिरोहले ठगेको पत्ता लागेको थियो । प्रहरीका अनुसार पीडितको बैंक खाताबाट नबिल बैंकमा प्रकाश नेवारको नाममा रहेको खातामा ५ लाख, प्राइम कमर्सियल बैंकमा नेवारकै नाममा रहेको खातामा २ लाख ८० हजार, कुमारी बैंकमा नित्यानन्द आचार्यको नाममा रहेको खातामा २ लाख र कुमारी बैंकमा शेरसिंह थापा क्षेत्रीको नाममा रहेको खातामा २ लाख ४० हजार रूपैयाँ ट्रान्सफर भएको पाइएको थियो ।

प्रहरीले थापालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो । प्रहरीमा उनले फेसबुक पेजमा रहेको मोबाइल नम्बर आफ्नो नभएको तर पीडितको बैंक खाताबाट आफ्नो खातामा पैसा आएको स्वीकारेका छन् । उनले नित्यानन्दसँग चिनजान भएको र नेवारसँग एकपटक भेटेको पनि उल्लेख गरेका छन् । उनी कलङ्कीस्थित न्यु गन्डकी गेस्ट हाउस एन्ड खाजा घरका सञ्चालकसमेत हुन् ।

प्रहरीसँगको बयानमा आफ्नो गेस्ट हाउसमा नित्यानन्द ५ महिनासम्म बसेको र आफूलाई तिर्न बाँकी रहेको २ लाख ८० हजारमध्ये पीडितको खाताबाट २ लाख ४० हजार पठाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै