असार १४, काठमाडौँ | भिजिट भिसाको आवरणमा वैदेशिक रोजगारमा जाने क्रम बढेको भन्दै मानव बेचबिखन अनुसन्धान ब्युरोले अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरिरहेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १४, काठमाडौँ | भिजिट भिसाको आवरणमा वैदेशिक रोजगारमा जाने क्रम बढेको भन्दै मानव बेचबिखन अनुसन्धान ब्युरोले अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरिरहेको"/>
२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भिजिट भिसामा जाने ४ हजारभन्दा बढीलाई विमानस्थलबाटै फर्काइयो

२०८०, १४ असार बिहीबार १०:२०

असार १४, काठमाडौँ | भिजिट भिसाको आवरणमा वैदेशिक रोजगारमा जाने क्रम बढेको भन्दै मानव बेचबिखन अनुसन्धान ब्युरोले अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरिरहेको छ।

पछिल्लो एक वर्षमा भिजिट भिसा लिएर वैदेशिक रोजगारमा जान लागेका चार हजारभन्दा बढीलाई विमानस्थलबाट फिर्ता पठाइएको विभागले जनाएको छ। यसमा पुरूषभन्दा महिला धेरै छन्।

भिजिट भिसामा जाँदा मानव तस्करीको जोखिममा पर्नसक्ने भन्दै २०७९ वैशाखयता ४ हजार १ सय ७३ जनालाई परामर्शसहित फिर्ता पठाइएको ब्युरो प्रमुख एसएसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए। पछिल्ला केही महिनाको तथ्यांक हेर्ने हो भने भिजिट भिसामा विदेश जाने क्रम लगातार बढेको देखिन्छ।


२०७९ माघमा भिजिट भिसामा वैदेशिक रोजगारका लागि हिँडेका १९३ महिला र ५७ पुरूष गरी २५० जनालाई फिर्ता गरिएको थियो। फागुनमा ३३१ महिला र २२६ पुरूष गरी ५५७ जनालाई र चैतमा ५२६ महिला र १२७ पुरूष गरी ६५३ जनालाई फर्काइयो।

यो वर्ष वैशाखयता मात्रै १ हजार ७ सय ११ जनालाई फर्काएको ब्युरोले जनाएको छ। तिनमा ६३५ पुरूष र १ हजार ७६ महिला छन्। भिजिट भिसामा जाने धेरैलाई आफू कुन देश जान लागेको भनेर समेत थाहा नहुने एसएसपी श्रेष्ठले बताए। त्यस्तालाई सम्झाएर फर्काउने गरेको उनको भनाइ छ।

भिजिट भिसामा जानेहरूको मुख्य गन्तव्य खाडीमा युएई, ओमान, कतार, कुवेत र बहराइन हुन्छन्। युरोपेली देशमा सर्बिया, पोर्चुगल, टर्की, साइप्रस हुन्छन् भने अमेरिका जाने भनेर अजरबैजान, अफ्रिकी मुलुकहरू र दक्षिण अमेरिकी मुलुक पुग्ने गरेको पनि ब्युरोले जनाएको छ। म्यानमार, लाओस, कम्बोडिया र थाइल्यान्ड जानेहरू पनि प्रशस्तै छन्।

आर्थिक वर्ष २०७९/८० को माघदेखि भिजिट भिसामा वैदेशिक रोजगारका लागि दुबई, ओमान, कतार, कुवेत र बहराइन हिँडेका २ हजार १ सय ५ महिला र ९ सय ९६ पुरूष गरी ३ हजार १ सय १ जनालाई फर्काइएको छ।

सर्बिया, पोर्चुगल, टर्की, साइप्रस हिँडेकाहरूमा ६ जना महिला र ५ जना पुरूष गरी ११ जना छन्। त्यस्तै, अजरबैजान, अफ्रिकी मुलुक तथा दक्षिण अमेरिकी मुलुक हिँडेका एक जना महिला र १४ जना पुरूष गरी १५ जनालाई फर्काइएको छ। म्यानमार, लाओस, कम्बोडिया, थाइल्यान्ड हिँडेका १४ महिला र ३० पुरूष गरी ४४ जनालाई फर्काइएको तथ्यांक छ।

एसएसपी श्रेष्ठले बेचबिखन, तस्करी तथा विभिन्न उद्देश्यले भिजिट भिसाको आवरणमा युवाहरू ओसारपसार भइरहेको बताए।

‘हामीले अनुसन्धान गर्दा भारतका वेश्यालय लैजानदेखि गैरकानुनी रूपमा अंग झिक्न र जबरजस्ती काममा लगाउन पनि यसरी लैजाने गरेको भेटिएको छ,’ उनले भने।

पछिल्लो समय युरोप र अमेरिका छिर्ने लोभमा पनि ठूलो संख्यामा युवाहरू बेचबिखन र तस्करीमा पर्ने गरेका छन्। एसएसपी श्रेष्ठका अनुसार रूकुम र दाङ जिल्लाका युवामा अमेरिका छिर्ने होड बढी छ। ब्युरोको तथ्यांकअनुसार पछिल्ला पाँच वर्षमा अमेरिका छिरेकामध्ये १ सय ७८ जना नेपाली डिपोर्ट भएका छन्।

प्रहरीका अनुसार नेपालबाट अवैध रूपमा अमेरिका छिर्नेले मुख्यतया चारवटा बाटो प्रयोग गर्ने गरेको पाइन्छ। भारत हुँदै ब्राजिल, कोलम्बिया, पनामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला र मेक्सिकोबाट अमेरिका छिर्ने एउटा बाटो छ। यसबाहेक दुबई, रूस र थाइल्यान्डको बाटो पनि प्रयोग गरिन्छ। जुनसुकै बाटो प्रयोग गरे पनि आखिरमा ब्राजिल पुग्नैपर्छ। त्यहाँबाट अमेरिका छिर्ने रूट एउटै हो। यसरी अमेरिका छिर्ने क्रममा कतिपय बेपत्ता हुने गरेको र कतिपयको अंगभंग तथा ज्यानसमेत जाने गरेको पाइन्छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै