आज हिलोमा रमाउँदै धान रोप्नुको जति महत्त्व जति छ यही दिनलाई छोपेर दही चिउरा खानुको पनि उत्तिकै महत्त्व छ । दही चिउरा खाने चलन परम्पर"/>
असार १५, काठमाडौँ | आज हिलोमा रमाउँदै धान रोप्नुको जति महत्त्व जति छ यही दिनलाई छोपेर दही चिउरा खानुको पनि उत्तिकै महत्त्व छ । दही चिउरा खाने चलन परम्परादेखि नै चल्दै आएको पाइन्छ । भनाई नै छ, ‘१५ असारमा दही चिउरा १५ साउनमा खिर !’ यतिमात्रै होइन, जनैपूर्णिमामा क्वाटी, माघेसक्रन्तीमा तरुल, घिउ , चाकु आदी खाइने परम्परा छ ।
यी सबै सांस्कृतिक परम्परा भएको र असार १५ पनि एक हो भने यी सबै विशेष अवसरको आफ्नै महत्वको रहेको छ । तर, यो पम्पराको सुरुवात कहिलेदेखि भयो भन्नेमा कुनै इतिहास नभएपनि धानखेतीको प्रारम्भ भएसँगै सुरु भएको बताइन्छ ।
संस्कृतिविद्हरुका अनुसार धानखेतीको प्रारम्भ भएसँगै असारमा चिसो आलीको डिलमा बसेर रोपाईको काम सकिएपछि दही चिउरा खाने गरिएको र पछिल्ला समय यो परम्परा परिस्कृत हुँदै रोपाईमा मात्रै नभएर घरघरमै खाने चलन बसेको हो ।यद्यपि यसको सुरुवात कहिले भयो भन्ने स्पष्ट प्रमाण भने भेटिएको छैन । नेपाली समाज आधुनिकतातर्फ उन्मुख भइरहेको अवस्थामा पनि दही चिउरा खाने परम्परा कायमै रहनु सकारात्मक भएको कतिपयको बुझाई छ ।
पछिल्ला वर्षहरूमा असार १५ मा दही चिउरा खानै पर्छ भन्ने मानसिकता मानिसहरूमा विकास भइरहेको छ । यही भएर सहर बजारमा समेत दही चिउराको जोहो गरेर खाने गरिन्छ । ग्रामीण क्षेत्रमा कृषकहरूले आफ्नै घरमा दुधालु पशुपालन गर्ने र नभएकाहरुले पनि छरछिमेकबाट मागेरै भए पनि परिवारका साथ होस् या रोपाईँमा आलीको डिलमा बसेर होस् दही चिउरा खाएर मनाउने गर्छन् ।
तर सहरी क्षेत्रमा पशुपालन र खेतीपाती पनि कम हुने भएकाले परम्परा धान्नकै लागि व्यावसायिक डेरीहरुबाट दही गरिद गरेरै भए पनि दही चिउरा खाने गरेका गरिएको छ ।
हाम्रो मुलुक कृषिमा आधारित छ । धेरैजसोको जीवन खेतीकिसानीमा बित्ने गर्छ । धेरैजसोले पशुपालन गर्छन्, अन्नवाली लगाउँछन् । अतः असार–साउन अर्थात वर्षायाम भनेको खेतीबाली लागाउने मध्य सिजन । यतिबेला धान लगायत अन्नबाली लगाउने गरिन्छ । अन्नवाली लगाउनका लागि यो नै अनुकुल सिजन हो ।
असार १५ मा किन दही चिउरा खाइन्छ ?
खेतीपातीमा खटिने किसानहरुलाई यतिबेला भ्याइनभ्याई हुन्छ । किसानहरु दिनभर माटोमा खेल्छन्, हिलोमा खेल्छन्, मलखाँद तयार गर्छन्, अन्नबाली लगाउँछन् । बिहानदेखि साँझसम्म उनीहरु काममा खटिन्छन् । त्यसैले त असारलाई ‘मानो खाएर मुरी उब्जाउने सिजन’ भनिन्छ । अर्थात यो आयआर्जनको स्रोत बढाउने मेलो पनि हो । थोरै खाएर धेरै काम गर्ने बेला हो । वास्तवमा भन्ने हो भने किसानहरुलाई फुर्सदले खाने समय पनि हुँदैन यतिबेला ।
कामको चटारो हुने भएकाले यतिबेला किसानहरुका लागि छिटोमिठो खाजा हो, दही–चिउरा । दही–चिउरा तयारी परिकार हुन् । यसलाई पकाइरहनु पर्दैन । दही चिउरा बनाउन समय लाग्दैन । त्यसैले काममो हतारोबीच दही चिउरा उपयुक्त हुन्छ, नास्ताको लागि । दही चिउरा मिठो पनि हुन्छ । सर्बप्रिय परिकार हो यो ।
वर्षायाममा दही चिउरा सेवन गर्नुको सम्बन्ध स्वास्थ्यसँग पनि छ । वर्षायाममा खानेकुराको माध्यामबाट संक्रमण सर्ने भय हुन्छ । यतिबेला झिंगा, लामखुट्टे, साङ्ला आदिले खानेकुरा दुषित बनाउन सक्छ । यसैगरी गर्मीले गर्दा चाडै सड्ने, गल्ने हुन्छ । त्यसैले पकाएको वा पकाएर राखेको खानेकुराले पेटमा संक्रमण हुने, अपच हुने संभावना रहन्छ ।
दही–चिउरामा त्यस्तो संक्रमणको भय हुँदैन । यसलाई पकाउन नपर्ने भएकाले छिटो हुन्छ, बनाउन सजिलो र छरितो हुन्छ । स्वस्थ्यवद्र्धक पनि हुन्छ ।
दही पाचन यन्त्रका लागि निकै उपयोगी पेय मानिन्छ । दहीमा भएका व्याक्टेरियाले पाचन पक्रियामा सघाउ पु¥याउँछ । त्यसैगरी गर्मीमा यो पेयले शरीरलाई सितलता प्रदान गर्छ ।
त्यसो त दहीमा कार्बोहाइड्रेट, भिटामिन बि, सि हुन्छ, यसले शरीरलाई फुर्तिलो बनाइराख्न सहयोग गर्छ । एक हिसाबले भन्ने हो भने दही स्वादिलो पेय मात्र नभएर औषधी पनि हो ।
चिउरा स्वास्थ्यवद्र्धक खानेकुरा हो । यो सड्ने, गल्ने, बासी नहुने भएकाले कुनैपनि किसिमको संक्रमण हुँदैन । चिउरा र दहीको समिश्रण स्वादिलो हुन्छ साथसाथै सुपाच्य पनि ।
दही चिउरा खेतीबालीमा मात्र खाने परिकार होइन । साथसाथै असार पन्ध्रमा मात्र खाने परिकार पनि होइन । दही चिउरा वर्षायामको खाजा हो ।