हेटौंडामा यात्रुबाहक बस दुर्घटना, ३७ जना घाइते

Posted on: 30 Jun, 2023

असार १५, हेटौंडा | मकवानपुको हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ नवलपुरमा ना ६ ख ९८०४ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

नारायणगढबाट जनकपुर जाँदै गरेको उक्त बस अनियन्त्रित भइ सडकबाट करिव १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक वामदेव गौतमले जानकारी दिए । उनका अनुसार घाइते १० जनाको हेटौंडा–११ स्थित चुरेहिल अस्पताल २७ जनालाई हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

घाइते मध्ये एक जनाको अवस्था भने गम्भिर रहेको उनले बताए । दुर्घटनाका विषयमा थप विवरण खुल्न बाँकी रहेको उनको भनाई छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!