२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

रिजनल अस्पतालद्धारा पहिलो पटक जन्मिएका दुई बच्चाको आजिवन निशुल्क उपचार गर्ने घोषणा

२०७३, १३ आश्विन बिहीबार १४:२८

असोज / १३ पोखरा
पोखराको जीरो किलोमिटरमा सञ्चालनमा आएको रिजनल हस्पिटलले शुभारम्भको अवसरमा अस्पतालमा पहिलो पटक जन्मिएका दुई बच्चाको आजिवन निशुल्क उपचार गर्ने घोषण गरेको छ । यहि असोज ३ र ४ गते अस्पतालमा अप्रेशन पश्चात जन्मिएका दुई जना बच्चालाई अस्पतालबाट प्रवाह हुने सबै सेवा जिवनभर निशुल्क दिने घोषण गरिएको हो । अस्पतालले हालै एक कार्यक्रमको आयोजना गरी स्याङ्ग्जा छिनेबास ९ का केशब मरासिनी र सुस्मिता पौडेल तथा लमजुङ्ग नौथान १ का सन्तोष लौडारी र सबिना पौडेलले जन्म दिएका २ जना बच्चाहरुलाई अस्पतालले प्रवाह गर्ने सबै सेवा निशुल्क गर्ने घोषण गर्दै प्रतिबद्धतापत्र प्रदान गरेको छ ।
साथै त्यी दुबै बच्चाले भबिष्यमा अस्पतालसँग आबद्ध रहेको रिजनल कलेज अफ हेल्थ साईन्स एण्ड टेक्नोलोजीमा भएका जुन सुकै कोर्षहरु अध्ययन गर्न चाहेमा निशुल्क पढाई दिने पनि घोषण गरिएको अस्पतालका अध्यक्ष जगत बहादुर खड्काद्वारा जारी गरिएको प्रतिबद्धतापत्रमा उल्येख गरिएको छ । त्यी दुई बच्चालाई स्त्री तथा प्रसुती रोग बिशेषज्ञद्वय डाक्टर तारा गुरुङ र डाक्टर लक्ष्मी सुनारले अप्रेशन प्रश्चात बाहिर निकालेका थिए ।
अस्पतालका अध्यक्ष जगत बहादुर खड्काको अध्यक्षतामा प्रतिबद्धतापत्र हस्तान्तरण कार्यकम सम्पन्न भएको थियो ।अत्याधुनिक सेवा सुविधा सहित पोखराको जिरो किलो मिटरमा सञ्चालनमा आएको रिजनल अस्पतालमा २४ सै घण्टा बिषेशज्ञ सेवा प्रदान हुदै आएको छ ।आइसियु सहित २५ बेड क्षमता रहेको हस्पिटलले २४ सै घण्टा आकस्मिक सेवा, अत्याधुनिक प्रयोगशाला, एक्स रे, भिडियो एक्स रे, मुटुको भिडियो एक्स रे, इसिजी लगायत ओपिडि सेवाहरु सुरु गरेको हस्पिटलका सञ्चालक जितेन्द्र पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा