असोज १३, पोखरा | पोखराको जीरो किलोमिटरमा सञ्चालनमा आएको रिजनल हस्पिटलले शुभारम्भको अवसरमा अस्पतालमा पहिलो पटक जन्मिएका दुई बच्चाको आजिवन निशुल्क उपचार गर्ने घोषण गरेको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १३, पोखरा | पोखराको जीरो किलोमिटरमा सञ्चालनमा आएको रिजनल हस्पिटलले शुभारम्भको अवसरमा अस्पतालमा पहिलो पटक जन्मिएका दुई बच्चाको आजिवन निशुल्क उपचार गर्ने घोषण गरेको छ । "/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

रिजनल अस्पतालद्धारा पहिलो पटक जन्मिएका दुई बच्चाको आजिवन निशुल्क उपचार गर्ने घोषणा

१३ आश्विन २०७३, बिहीबार १४:३०

असोज १३, पोखरा | पोखराको जीरो किलोमिटरमा सञ्चालनमा आएको रिजनल हस्पिटलले शुभारम्भको अवसरमा अस्पतालमा पहिलो पटक जन्मिएका दुई बच्चाको आजिवन निशुल्क उपचार गर्ने घोषण गरेको छ ।

यहि असोज ३ र ४ गते अस्पतालमा अप्रेशन पश्चात जन्मिएका दुई जना बच्चालाई अस्पतालबाट प्रवाह हुने सबै सेवा जिवनभर निशुल्क दिने घोषण गरिएको हो । अस्पतालले हालै एक कार्यक्रमको आयोजना गरी स्याङ्ग्जा छिनेबास ९ का केशब मरासिनी  र सुस्मिता पौडेल तथा लमजुङ्ग नौथान १ का सन्तोष लौडारी र सबिना पौडेलले जन्म दिएका २ जना बच्चाहरुलाई अस्पतालले प्रवाह गर्ने सबै सेवा निशुल्क गर्ने घोषण गर्दै प्रतिबद्धतापत्र प्रदान गरेको छ ।

साथै त्यी दुबै बच्चाले भबिष्यमा अस्पतालसँग आबद्ध रहेको रिजनल कलेज अफ हेल्थ साईन्स एण्ड टेक्नोलोजीमा भएका जुन सुकै कोर्षहरु अध्ययन गर्न चाहेमा निशुल्क पढाई  दिने पनि घोषण गरिएको अस्पतालका अध्यक्ष जगत बहादुर खड्काद्वारा जारी गरिएको प्रतिबद्धतापत्रमा उल्येख गरिएको छ । त्यी दुई बच्चालाई स्त्री तथा प्रसुती रोग बिशेषज्ञद्वय डाक्टर तारा गुरुङ र डाक्टर लक्ष्मी सुनारले अप्रेशन प्रश्चात बाहिर निकालेका थिए ।

अस्पतालका अध्यक्ष जगत बहादुर खड्काको अध्यक्षतामा प्रतिबद्धतापत्र हस्तान्तरण कार्यकम सम्पन्न भएको थियो ।अत्याधुनिक सेवा सुविधा सहित पोखराको जिरो किलो मिटरमा सञ्चालनमा आएको रिजनल अस्पतालमा २४ सै घण्टा बिषेशज्ञ सेवा प्रदान हुदै आएको   छ ।आइसियु सहित २५ बेड क्षमता रहेको हस्पिटलले २४ सै घण्टा आकस्मिक सेवा, अत्याधुनिक प्रयोगशाला, एक्स रे, भिडियो एक्स रे, मुटुको भिडियो एक्स रे, इसिजी लगायत ओपिडि सेवाहरु सुरु गरेको हस्पिटलका सञ्चालक जितेन्द्र पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ