असार १६, काठमाडौं | प्रहरीको हिरासतबाटै भागेका दुई जना शनिबार प्रहरीले पक्राउ गरेको छ | बर्दियाको इलाका प्रहरी कार्यालय ढोडरीको हिरासतबाट शुक्रबार बिहान ६ बजेर १० मिनेटमा भागेका थिए।
हिरासतबाट भागेका बर्दियाको मधुवन नगरपालिका–५ का १९ वर्षका अजय नेपाली र २० वर्षका राजा नेपाली शनिबार विहान प्रहरीले पक्राउ गरेको हो।
उनीहरु ज्यान मार्ने उद्योग मुद्दामा असार ८ गते अनुसन्धानका लागि हिरासतमा राखिएको थियो। उनीहरुलाई मधुवन नगरपालिका–५ को बेलझुण्डी सामुदायिक वन क्षेत्रबाट पक्राउ परेका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए |
यस बिषयमा तपाइको प्रतिक्रिया...!