२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कतार एयरवेजको एक उडान रद्द

१७ असार २०८०, आईतवार ०९:५५

असार १७, काठमाडौँ | कतार एयरवेजको शनिबार एउटा उडान रद्द गरिएको छ । बेलुका ६ बजे काठमाडौंबाट दोहातर्फ जानुपर्ने विमानको उडान रद्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

उनका अनुसार सो विमानमार्फत २६० यात्री दोहा जाने तय थियो । प्राविधिक समस्याका कारण उडान रद्द गरिएको उनले बताए ।

“टेक्निकल समस्या भएर रद्द भएको हो,” उनले भने । कतार एयरवेजको ६४७ उडान नम्बरको विमानको उडान रद्द गरिएको हो ।

२६० मध्ये १०५ यात्रीलाई आज बिहान अर्को विमानमार्फत दोहा पठाइएको उनले जानकारी दिए । सोही विमान तालिकाका बाँकी अरू यात्रीलाई आजै बेलुकासम्म दोहा पठाइने तयारी रहेको उनले बताए ।

“२६० जनामध्ये १०५ जना आज बिहान अर्को फ्लाइटमा मिलाएर लगिसक्यो,” प्रवक्ता सिटौलाले भने, “१५५ जना बाँकीलाई आज बेलुकीसम्म ६ बजेसम्म पठाउने सूचना प्राप्त छ ।”

उक्त विमान चालु अवस्थामा भए त्यसैबाट र नभए नियमित उडानमार्फत रोकिएका यात्रीलाई दोहा पठाइने तयारी रहेको उनले जानकारी दिए ।

उक्त विमानको मर्मतकार्य जारी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै