२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दुर्व्यवहार भएको भनिएकी नासु प्रेमिकाविरुद्ध पनि प्रहरीमा जाहेरी, घुस मागेको आरोप

२०८०, १७ असार आईतवार १०:४२

असार १७, काठमाडौँ | ललितपुर जिल्ला अदालतकी नासु प्रेमिका तामाङविरुद्ध पनि प्रहरीमा जाहेरी परेको छ ।

ललितपुर जिल्ला बारका अध्यक्ष राम श्रेष्ठले मुद्दाको सिलसिलामा फाइल हेर्न पुगेका अधिवक्ता आमिर लामिछानेलाई दुर्व्यवहार गरेको र घुस मागेको आरोपमा प्रेमिकाविरुद्ध जाहेरी दिइएको बताए । ‘प्रहरीले ५ बजेसम्म दर्ता हुने नहुनेबारे खबर गर्छु भनेको छ, हामी कुरिरहेका छौँ’, श्रेष्ठले भने ।

यता ललितपुर जिल्ला प्रहरी प्रमुख सिद्धिविक्रम शाहले जाहेरी परेको तर दर्ता भइनसकेको बताए । ‘एउटै घटनामा दुवै पक्षबाट जाहेरी परेको छ । कसरी अगाडि बढ्ने भनेर सरकारी वकिल कार्यालयसँग छलफल हुँदै छ। त्यसपछि निर्णय गर्छौँ’, एसएसपी शाहले भने ।

यसअघि नासु तामाङलाई दुर्व्यवहार र हातपात गरेको भन्दै प्रहरीले अधिवक्ता लामिछानेलाई नियन्त्रणमा लिएको थियो । लामिछानेलाई कडा कारबाहीको माग गर्दै देशभरका अदालतका कर्मचारी आन्दोलित बनेका छन् । यता नेपाल बारले पनि इजलास बहिस्कार गरेको छ । लामिछानेलाई तामाङले दुर्व्यवहार गरेकामा उल्टै कानुन व्यवशायीलाई पक्राउ गरिएको उनिहरुको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै