नारायणगढ–मुग्लिन सडक पुन: दुइतर्फी सञ्चालन

Posted on: 03 Jul, 2023

असार १८, मुग्लिन | नारायणगढ–मुग्लिङ सडक पुन: दुईतर्फी सञ्चालनमा आएको छ । पहिरो पन्छाएर र पल्टिएको ट्रकलाई उठाएर हटाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको हो । बर्खा लागेसँगै पटकपटक अवरुद्ध हुने गरेको सडकखण्ड दुईतर्फी रुपमा सञ्चालनमा आएको हो ।

आज बिहान करिब १:५० बजेतिर तीन नम्बर पुल नजिक फेरि पहिरो खसेपछि सडक बन्द भएको थियो । सो ठाउमा ट्रक पल्टेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो ।

सुरक्षाकर्मीसहितको टोलीले पहिरो र ट्रक हटाएपछि सडक सञ्चालनमा आएको हो ।

पाँच घण्टापछि यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!