२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एलओडी क्लब पुगेकी १५ वर्षीया बालिका बलात्कृत, ५० वर्षका पुरुष समातिए

२०८०, १८ असार सोमबार ०७:१५

असार १८, काठमाडौँ | काठमाडौंको ठमेलस्थित चर्चित एलओडी क्लब पुगेकी एक १५ वर्षीया बालिका बलात्कृत भएकी छन् । उदयपुर स्थायी घर भई कोटेश्वर बस्दै आएकी १५ वर्षीया बालिकालाई एलओडी क्लबबाट ललितपुरको बागडोल पुर्‍याएर बलात्कार गरिएको हो । 

बलात्कार आरोपमा ललितपुर प्रहरीले पोखरा घर भई हाल ललितपुरको बागडोल बस्ने ५० वर्षीय सुदनबहादुर कोइरालालाई पक्राउ गरेको छ । ललितपुर प्रहरीका प्रमुख एसएसपी सिद्धिविक्रम शाहका अनुसार सुदनले १५ वर्षीया बालिकालाई ३१ जेठमा एलओडी क्लबबाट आफ्नै गाडीमा राखेर बागडोल पुर्‍याएर बलात्कार गरेका हुन् । 

बागडोलमा कोइरालाको अफिस थियो । सोही कार्यालयमा लगेर उनले बालिकालाई बलात्कार गरेको उजुरी परेपछि पक्राउ गरिएको शाहले बताए । यसअघि १५ वैशाखमा दुई जना महिला पनि बलात्कृत भएका थिए । क्लबको सरसफाइको काम गर्ने दुई महिलालाई बिहान एक होटलमा लगेर बलात्कार गरेको खुलेको थियो ।

खाजा खुवाउने भन्दै एक खाजा पसलमा मदिरा खुवाएर होटलमा पुर्‍याई बलात्कार गरिएको थियो । सो अभियोगमा प्रहरीले खोटाङको बाह्र पोखरी गाउँपालिका– २, स्थायी घर भई काठमाडौंको नयाँ बजार बस्ने लोकबहादुर मगर र काठमाडौंको गोकर्णेश्वर नगरपालिका– २ का माइला भन्ने रामकुमार श्रेष्ठलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै