२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

ईलाका प्रशासनले तिन महिनामा नौ सय नागरिकता वितरण ग¥यो

२०७३, १४ आश्विन शुक्रबार ०४:५५

असोज १४ डडेल्धुरा –  डडेल्धुराको आधा जनसख्यां रहेको भित्रि मधेश क्षेत्रमा स्थापना भएको ईलाका प्रशासन कार्यालय जोगबुढाले नाँै सय नागरिकता वितरण गरेको छ । ईलाका प्रशासन राखिएको तिन महिनाको अवधीमा नौँ सय जनालाई  नागरिकताको सेवा प्रदान गरेको ईलाका प्रशासन कार्यालय जोगवुढाका ईलाका प्रशासन प्रमुख दत्तुराम पाण्डेयले वताउनु भयो । ईलाका हुनु भन्दा पहिला जोगवुढाका नागरिकहरु नागरिकता लिन दुई दिन लगाई जिल्ला सदरमुकाममा रहेको जिल्ला प्रशासन कार्यालय धाउनु पर्ने समस्या ईलाका प्रशसनले हटाएको जोगवुढाका सर्वसाधारणको भनाई छ । उमेर धेरै विति सक्दा पनि लामो दुरी र आर्थिक समस्याका कारण नागरिकता नलिएका मानिसले पनि ईलाका प्रशासन आए पछि नागरिकता लिएको परशुराम नगरपालिका लालढुङ्गाका समाजसेवी कैलाश कुमार पाण्डोयले वताउनु भयो ।

ईलाका प्रशासन आएको तिन महिनामा नै आम नागरिकहरुले नियमित वा पहिलो पटक नागरिकता लिने ६ शय ५ र प्रतिलिपि बनाउने ३ शय जनाको नागरिकताको सेवा पाएको प्रशासन प्रमुख पाण्डेयले जानकारी गराउनु भयो । त्यसै गरि ईलाका प्रशासन जोगवुढा वाट ५९ जनाले नियमित राहादानी वनाएका छन । दु्रतगतीमा राहादानी वनाउने ३८ जनाको कागजात बनाई सेवा प्रदान गरिएको ईलाका प्रशासन कार्यालय जोगवुढाले जानकारी गराएको छ ।  तिन  महिनाको अवधीमा प्रत्येक दिन वढीमा ५० जना सम्म सेवाग्राहीलाई सेवाप्रदान गरिएको र आफ्नोकाम काजका लागि ईलाका प्रशासनमा आउने जो सुकैको काम पनि कुनै ढिलो नगरि काम गर्न सवै कर्मचारीलाई  निर्देशन गरेको एवं आफु पनि अहोरात्र  जनताको कामकजमा लागिरहेको ईलाका प्रशासान कार्यालयका प्रमुख पाण्डेयको भनाई छ ।

नागरिकता तथा अन्य प्रशासनिय कामकाजका लागि डडेल्धुरा सदरमुकाम धाउनु पर्ने  तथा सामान्य कागजातका लागि पनि दुई दिन विताउनुका साथै होटेल खाना आवत जावतमा मात्रै तिन÷चारहजार खर्च लाग्ने गथ्र्यो तर आफ्नै स्थनिय स्तरमा ईलाका प्रशासन स्थापना भईदिदा धेरै सजिलो र कम खर्चिलो पनि भएको स्थानिय परशुराम नगरवासी (जोगवुढा) का राजु भट्टले वताउनु भयो ।

परशुराम नगरपालीका भित्रै पनि धेरै वस्तीहरु दुर्गम क्षेत्रमा भए पनि डडेल्धुरा सदरमुकाम पुग्न भन्दा लालढुङ्गामा नै ईलाका प्रशासन हुनु त्यसभेगका लागि खुसीको खबर भएको स्थानिय डम्वर विकले वताउनु भयो ।

स्थानिय स्तरमा सर्वसाधारण जनतालाई सेवा दिन राखिएको ईलाका प्रशासनले सेवाग्राहीलाई धेरै राहात महसुस भएको छ । असार १२ गते स्थापना भएको परशुराम नगरपालिका जोगवुढाको ईलाका प्रशासनले तिन महिनाको अवधीमा नौँ सय नागरिकता  करिब एक सय जति राहादानी लगायत प्रशासनबाट दिईने अन्य सेवाहरुलाई दु्रत गतीमा आगाडी वढाईरहेको ईलाका प्रशासनले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा