२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

स्कुलको गेटले थिच्दा एक बालकको ज्यान गयो, अर्का एक गम्भीर घाइते

२०८०, १८ असार सोमबार ०९:१५

असार १८, सर्लाही | सर्लाहीको हरिवन नगरपालिकामा विद्यालयको गेटले किचेर एक बालकको ज्यान गएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्। सोमबार बिहान हरिवन– ९ स्थित नयाँरोडमा रहेको ज्ञानज्योति आवासीय इङलिस बोर्डिङ स्कुलको गेटले किचेर सोही स्कुलमा अध्ययनरत बालकको ज्यान गएको हो। 

घटनामा बागमती नगरपालिका– ४ जिरायत निवासी आकाश बलका ५ वर्षीय छोरा आयुष बलको मृत्यु भएको प्रहरीले जनाएको छ। फलामे गेटले किचेका अर्का बालक ७ वर्षका आदित्य लोपनी गम्भीर घाइते छन्। उनको वीरगञ्जमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक शिवराम थापाले जानकारी दिए।

बिहान स्कुल बसमा विद्यालय पुगेका उनीहरु गेटबाट भित्र जाने क्रममा फलामे गेट लडेको थियो । सोही क्रममा दुवैजना थिचिएका ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।

लगत्तै उनीहरुलाई उपचारका लागि नमुना अस्पताल हरिवन पुर्याइएको थियो ।  आयुषको उपचारका क्रममा मृत्यु भएको हो । मृतक बालक सोही विद्यालयमा युकेजीमा अध्ययनरत थिए । अर्का बालक आदित्य कक्षा २ का विद्यार्थी हुन्।

घटनाको विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै