२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बागमती प्रदेशसभा : प्रतिपक्षीको अवरोध हट्यो, बजेटमाथिको छलफल सुरु

१८ असार २०८०, सोमबार १२:१४

असार १८, बागमती  | बागमती प्रदेशसभामा प्रतिपक्षी दलहरूको अवरोध हटेको छ । निरन्तर रूपमा प्रतिपक्ष दलहरूको अवरोधका कारण बस्न नसकेको प्रदेशसभा बैठक सोमबार दिउँसो २ बजे सञ्चालन भएको हो ।  

बजेटमा रहेका कमीकमजोरी सुधार गरेर समावेशी र न्यायोचित रूपमा कार्यक्रहरु समावेश गर्ने सरकारको प्रतिबद्धतासँगै प्रतिपक्षी दलहरूको अवरोध हटाएका हुन् । असार १२ गतेदेखि प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित प्रतिपक्षी दल राप्रपाले अवरोध गर्दै आएका थिए । एमाले र राप्रपाका सांसदहरुको निरन्तर अवरोधका कारण प्रदेशसभाको बैठक पटक पटक आह्वान हुँदै अवरुद्ध बन्दै आएको थियो ।

सोमबार बिहान ११ बजेका लागि आह्वान गरिएको बैठकमा पनि प्रतिपक्षी दलहरूले अवरोध गर्ने भएपछि बस्न सकिएको थिएन ।  

बैठक बस्न नसकेपछि प्रदेशसभा सचिवालय हेटौँडाले सूचना टाँस गरेर दिउँसो २ बजेका लागि पुनः आह्वान गरिएको थियो । उक्त बैठकअघि बसेको सर्वदलीय बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलहरुबीच सहमति भएसँगै सदन सुचारु भएको हो ।

बैठकमा प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि छलफल प्रारम्भ भएको छ । बजेटमाथिको छलफलमा भाग लिँदै एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापा, नेमकीपाकी सांसद सृजना सायजूले आफ्नो धारणा राखेका थिए ।

एमाले संसदीय दलका नेता थपलियाले प्रदेश सरकारले  विभेदकारी, अव्यवहारिक ढंगबाट राजनीतिक स्वार्थ पूर्तिका लागि बजेट ल्याइएको भन्दै  ३ दिनदेखि संसद्लाई अवरुद्ध गर्नु बाध्यता रहेको बताए । प्रतिपक्षहरुले उठाएका योजनालाई क्रमशः सरकारले बजेट पुस्तिकामा समावेश गरी कार्यान्वयन गर्दै जाने सरकारको प्रतिबद्धता प्रतिपक्ष दलसँग सहमत भएको उनले बताए । सरकारले बजेट पारित गर्ने समयसम्म बजेटमा प्रतिपक्षको सुझाव नसमेटेको खण्डमा थप सशक्त रूपमा अघि बढ्ने उनले चेतावनी समेत दिए ।

राप्रपा संसदीय दलका नेता थापाले सांसदलाई नियमित सञ्चालन गरी बजेटलाई पारित गर्नुपर्ने बाध्यताका कारण संसद्को अवरोध हटेको बताए । उनले बजेट विभेदकारी देखिएकोले प्रतिपक्षी दलहरूको सुझाव अनुसारको योजना बजेटमा समेटेर कार्यान्वयनमा जान सरकारलाई आग्रह गरे । आवश्यकता अनुसार कार्यक्रम र योजना थपघट गरी बजेट संशोधन गरी कार्यान्वयन गर्नुपर्ने उनको भनाई छ । सरकारले प्रतिपक्षी दलहरूसँग गरेको सहमति अनुसार कार्यान्वयन पक्षलाई दरिलो बनाउनु पर्नेमा उनले जोड दिए ।


नेमकीपाका सांसद सायजूले सरकारले ल्याएको बजेटलाई सन्तुलित र परिपक्क ढंगबाट सार्वजनिक हुन नसकेको बताइन् । बजेटप्रति उनले चिन्ता व्यक्त गर्दै प्रदेश सरकारले जनताप्रति जिम्मेवार हुन नसकेको आरोप लगाइन् । सरकार दलगत स्वार्थको लागि मात्रै केन्द्रित रहेको र बजेटले जनतालाई भरोसा दिन नसक्ने अवस्थामा पुगेको उनको भनाई छ । सरकारले विगतका बजेटहरूलाई समीक्षा गरेर कार्यक्रमहरू तयार गर्नुपर्ने उनले बताइन् ।

उक्त बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले बजेटमाथिको छलफलको क्रममा प्रदेशसभाका सदस्यहरूले उठाएका जिज्ञासाहरूको उत्तर दिएका थिए ।

बैठकमा बोल्दै मन्त्री लामाले सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ल्याएको बजेटलाई सन्तुलित र समानुपातिक एवम् व्यवहारिक रूपमा कार्यान्वयन गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले बजेट प्रस्तुतको क्रममा केही कमीकमजोरी र अव्यवहारिक पक्षलाई आत्मसमिक्षा गरेर प्रतिपक्ष दलहरूले उठाएको मागहरुलाई सरकारले गम्भीरतापूर्वक लिएको बताए । केही समयभित्रै ती माग गरिएको योजनाहरुलाई बजेटको किताबमा समावेश गरिने उनको भनाई छ ।

मन्त्री लामाले बजेट प्रभावकारी कार्यान्वयन गर्दै आगामी वर्षमा गुणस्तरीय शिक्षा, स्वास्थ्य तथा उत्पादन वृद्धि गर्ने, प्रदेशको अस्पतालहरुलाई स्तरोन्नती गरी अगाडि बढाउने बताए । प्रदेश सरकार दलगत स्वार्थभन्दा माथि उठेर प्रदेशको राष्ट्रिय गौरवको आयोजना एवम् विपन्न जनताहरुलाई आर्थिक आत्मनिर्भर तुल्याउने र भौतिक पूर्वाधारको विकासलाई सहजीकरण गर्ने, प्रदेशको समानुपातिक विकासका लागि योजनाको बाँडफाँट गर्ने लगायउतका लक्ष्य सरकारले लिएको उनले बताए ।

प्रदेशका मन्त्री बहादुरसिं लामाले आर्थिक वर्ष २०८०/०८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० पेस गरेका थिए । उक्त प्रस्ताव पेश भएसँगै सभामुख भुवन कुमार पाठकले बैठक स्थगन भएको जानकारी गराए । प्रदेशसभाको अर्को बैठक असार १९ गते मंगलबार अपराह्न ३ बजे बस्ने गरी सभामुख पाठकले स्थगित गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै