झापामा लागुऔषधसहित दुई जना युवती पक्राउ

Posted on: 04 Jul, 2023

असार १९, झापा | झापामा प्रतिबन्धित लागुऔषध बिक्री वितरण गरिरहेको आरोपमा दुईजना युवती पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका वडा नं.९ झरना टोल बस्ने २४ वर्षीया झरना बिक कमल गाउँपालिका वडा नं.३ बस्ने २४ वर्षीया सन्ध्या राई रहेकी छन् ।

 झरनाले आफ्नै घरमा प्रतिबन्धित लागुऔषध बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले निजको घर भित्र लुकाई छिपाई राखेको प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ३ ग्राम ५०० मिलिग्राम फेला परेकोले थियो । यस विषयमा इलाका प्रहरी कार्यालय झिलझिलेमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!