२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

वीर अस्पतालमा साउनभित्रै जलन उपचार कक्ष

२०८०, १९ असार मंगलवार १०:१३

असार १९, काठमाडौँ | वीर अस्पतालको अत्याधुनिक जलन उपचार कक्ष साउन महिनाभित्रै सञ्चालन हुने भएको छ। नर्सिङ जनशक्तिको अभाव देखाउँदै सञ्चालनमा आउन नसकेको जलन उपचार कक्ष लोकसेवा आयोगले वीर अस्पतालकै लागि २९५ जना नर्स छनोट गरेर पठाएसँगै सञ्चालनमा आउने निश्चित भएको हो। 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीरमा अत्याधुनिक जलन उपचार कक्ष तत्काल सञ्चालन गर्न लागेको जानकारी दिनुभयो। गोरखापत्रसँग कुरा गर्दै स्वास्थ्यमन्त्री बस्नेतले त्यसका लागि दुई करोड ५० लाख रुपियाँको बजेटसमेत व्यवस्था भइसकेको बताए । 

उनले नेपालमा अत्यावश्यक जलन अस्पताल आवश्यक भए पनि तत्काल वीर अस्पतालमा २५ शय्याको जलन उपचार कक्ष निर्माण गरी सञ्चालन गरिने जानकारी दिए । मन्त्री बस्नेतले कम्तीमा वीर अस्पतालमा जलन उपचार कक्ष भएमा गरिब तथा दुःखीले उपचार नपाएर छटपटाउने अवस्था नआउने बताए । 

दैलेखमा काम गर्ने कामदार जलेर उपचार गर्न नपाउँदा आफू जमानी बसेर कीर्तिपुरमा उपचार गराएको स्मरण गर्दै उनले भने, “वीरमा अत्याधुनिक जलन उपचार कक्ष निर्माण भइदिएको भए उनीहरूले सहजै निःशुल्क उपचार पाउन सक्ने ग्यारेन्टी हुने थियो।” 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतले वीर अस्पतालमा जलन उपचारका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनले नर्सिङ जनशक्तिको अभाव पूर्ति भएकाले वीरमा अत्याधुनिक जलन उपचार कक्ष साउनबाटै सञ्चालनमा आउने बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै