२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पाठेघरको क्यान्सरविरुद्धको २० हजार भाइल खोप नेपाल ल्याइयो

२०८०, १९ असार मंगलवार १२:२७

असार १९, काठमाडौँ | पाठेघरको क्यान्सरविरुद्धको २० हजार भाइल एचपिभी खोप नेपाल ल्याइएको छ। चीनबाट खरिद गरेर ल्याइएको खोप मंगलबार काठमाडौं आइपुगेको हो।

पाठेघरको क्यान्सर हुन नदिन प्रयोगमा ल्याइने एचपिभी अर्थात् ह्युमन प्यापिलोमा भाइरस खोप काठमाडौं ल्याइएसँगै प्रयोगका लागि प्रदेशहरूमा पठाइने स्वास्थ्य सेवा विभागअन्तर्गतको आपूर्ति महाशाखाले जनाएको छ।

९ देखि १४ वर्ष उमेर समूहका किशोरीहरूमा लगाइने यो खोप कुन जिल्लामा पठाइने भन्ने छलफल भइरहेको आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले बताए।

विश्व बजारमै कम उत्पादन हुने र महँगो भएकाले यो खोप हाल सरकारले पाइलटिङको रूपमा मात्रै खरिद गरेको उनले बताए। डा. चौरसियाका अनुसार खोप निकै महँगो भएकाले नियमित खरिद गरेर प्रयोगमा ल्याउने अवस्था निश्चित नरहेकाले हाल ट्रायलका लागि ल्याइएको हो।

यसअघि आर्थिक वर्ष ०७७-७८ मा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पाँच करोड मूल्यबराबरको खोप खरिद गरेर ६ हजार बालिकामा लगाएको थियो। एचपिभी भ्याक्सिन बालिकाहरूमा दुई डोजका दरले लगाइन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै