बैतडीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु , ३९ जना यात्रु घाइते

Posted on: 10 Jul, 2023

असार २५, बैतडी | बैतडीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान खुलेको छैन् । दुर्घटनामा ३९ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । कार्यालयका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।   पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको लु २ ख २०११  नम्बरको बस मेलौली– पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका वडा नं ७ स्वाखानी भन्ने स्थानमा दुर्घटनामा परेको हो । 

आज (सोमबार) दिउँसो १ बजेतिर बस दुर्घटनामा परेको बताइएको छ । दुर्घटनामा परी घाइते भएका ३९ जनाको उद्धार गरी केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा पुर्याइसकिएको जिल्ला प्रहरी कार्यालयकाले बताए । बस सडकबाट अन्दाजी डेढसय मिटर तल खसेर रुखमा अड्किएको छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!