झापामा ९ वर्षीया नाबालिग बलात्कृत गरेको अभियोगमा एक युवक पक्राउ

Posted on: 11 Jul, 2023

असार २६, झापा | झापामा ९ वर्षीया नाबालिग बलात्कृत भएकी छन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरदह नगरपालिका-९ झमकचौक बस्ने १९ वर्षीय विवेक अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई अधिकारीले आफ्नै घरमा ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी बैगुनधुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!