असार २६, काठमाडौँ | झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धम्काउने ३० करोड रुपैयाँ मागेको आरोपमा एक जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले महाराजगञ्जस्थित कतार भिषा सेन्टर अगाडिबाट खोटाङको रावा बेसी गाउँपालिका–१ घर भएका ४२ वर्षीय रमेश गुरुङलाई पक्राउ गरेको छ।
गुरुङलाई मंगलबार महाराजगञ्जबाट पक्राउ गरिएको सिआइबीका प्रवक्ता सञ्जयसिंह थापाले जानकारी दिए।
पक्राउ परेका गुरुङले असार १३ गतेदेखि प्रसाईंलाई फोन गर्दै धम्क्याउँदै रकम माग गरेको पाइएको छ। गुरुङले व्यवसायी प्रसाईंलाई ३० करोड माग्दै नदिए ज्यान मार्ने धम्की दिएका थिए।
ज्यान मार्ने धम्की आएसँगै व्यवसायी प्रसाईंले प्रहरीमा उजुरी गरेका थिए। सोही उजुरीका आधारमा गुरुङलाई पक्राउ गरिएको हो।