बारामा जन्मसिद्धको आधारमा करिब ३५ हजार व्यक्तिले नयाँ नागरिकता पाउने

Posted on: 12 Jul, 2023

असार २७, बारा | नयाँ नागरिकता ऐन अनुसार बारा जिल्लाबाट करिब ३५ हजार व्यक्तिले नयाँ नागरिकता पाउने भएका छन् । जन्मसिद्धको आधारमा यस जिल्लाबाट नागरिकता पाउनेको सङ्ख्या करिब ३५ देखि ३६ हजार हुने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी ले जानकारी दिएका छन् |

२०६३ सालमा बारा जिल्लाबाट ११ हजार ९३ जनाले जन्मसिद्ध नागरिकता लिएको र यसको आधारमा प्रति एक परिवार ३–४ जना सदस्य मात्रैले नागरिकता लिँदा पनि ३५ हजार बढीले जन्मसिद्ध नागरिकता पाउने आकलन गरिएको उनले बताए । जन्मसिद्ध नागरिकका सन्तानलाई प्रशासन कार्यालयले असार १० गतेदेखि जन्मसिद्ध नागरिकताको प्रमाण–पत्र वितरण सुरु गरेकोमा हालसम्म ६ सय जनाले सो नागरिकता प्राप्त गरेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!