२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलाममा भकारो सुधार कार्यक्रम प्रभावकारी

१४ आश्विन २०७३, शुक्रबार ०६:५७

असोज १४, इलाम । रासायनिक मलको प्रयोग घटाउने उद्देश्यले थालिएको भकारो सुधार कार्यक्रम प्रभावकारी देखिएको छ । 

तीन वर्षदेखि जिल्ला कृषि विकास कार्यालयले जिल्लाका विभिन्न गाविसमा सञ्चालन गरेको कार्यक्रमअन्तर्गत गाईभैँसी, बाख्रालगायत विभिन्न पशुको मलमूत्रलाई व्यवस्थित ढङ्गले जोहो गरेर खेतीबारीसम्म पु¥याउन कृषकलाई प्राविधिक र पूर्वाधार विकासमा सहयोग गरिरहेको छ । 

रासायनिक मलकै तुलनामा पशु मलमूत्रले उब्जनी हुने र स्वस्थकर हुने भन्ने चेतना किसानमा आउन थालेपछि सो कार्यक्रमप्रति आकर्षण बढेको हो । “आफ्नो गोठ सुधार गरेपछि खेर गइरहेको गाईभैँसीको गोबर र गहुँतको प्रभावकारिता बढ्दो रहेछ,” जीतपुरका प्रेमसागर बरालले भन्नुभयो । 

गाविसले कृषि विकास कार्यालयसँग समन्वय गरेर कृषकलाई अनुदानसहित भकारो सुधार कार्यक्रम सञ्चालन गरेको छ । बालीमा लाग्ने किरा नियन्त्रण गर्ने र माटोको उर्बराशक्ति बढाउने मुख्य उद्देश्य लिएर कृषि र गाविसको लागत साझेदारीमा कार्यक्रम सञ्चालन भएको जीतपुर गाविसका सचिव युवराज घोसाइले बताउनुभयो । 

गाईभैँसीको गोबर र पिसाबलाई सङ्कलन गरेर रासायनिक मलको सट्टामा प्रयोग गर्न सकिने कृषि प्राविधिक बताउँछन् । यसका लागि भकारोलाई घामबाट जोगाउन छाप्रोको व्यवस्था गर्नुपर्ने हुन्छ । जीतपुरका ४२ घरधुरीलाई गोठ पूर्वाधारका निम्ति अनुदान सहयोग दिइएको छ । अगुवा किसानलाई लक्षित गरेर सो अभियान आगामी वर्षबाट गाउँभरि सञ्चालन गर्ने र अर्गानिक गाउँको रूपमा विकास गर्ने गाविसको दीर्घकालीन योजना रहेको सचिव घोर्साले बताउनुभयो । 

जिल्लाका माइपोखरी, इलाम नगरपालिका, नामसालिङ, एकतप्पा, सूर्योदय नगरपालिका, गोदकलगायतमा यसअघि करिब ५०० जना कृषक सो कार्यक्रमबाट लाभान्वित भइसकेका छन् । गत वर्ष कार्यालयले ३० किसानलाई सेवा दिएको कृषि विकास कार्यालयका योजना अधिकृत प्रकाशमणि काफ्ले बताउनुभयो । कार्यालयले गड्यौले मल उत्पादनमा पनि सघाउँदै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला