२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हेंवा खोलाले बहाव बदल्दा तटीय क्षेत्रमा बढ्यो जोखिम

२८ असार २०८०, बिहीबार ०६:००

असार २८, पाँचथर | यस वर्षको वर्षायामको सुरुआतमै हेंवा खोलामा आएको बाढीले तटीय क्षेत्र तहसनहस भयो। बाढीले तटीय क्षेत्रका सबै संरचना, बालीनाली तथा पूर्वाधारमा क्षति पुर्‍याएपछि जनजीवन असामान्य बनेको छ।

चार वटा मोटरेवल पुल बगाएको हेंवा खोलाले तटीय क्षेत्रमा रहेको हजारौँ रोपनी खेतीयोग्य जमिनलाई खण्डहरमा परिणत गरेको छ तर त्योभन्दा मुख्य कुरा हेंवा खोलाले ठाउँ-ठाउँमा बहाव बदलेको छ। यसले तटीय क्षेत्रमा जोखिम बढाएको छ।

हिलिहाङ गाउँपालिकाको हेंवा खोलाको तटीय क्षेत्रमा कृषि उत्पादन र पशुपालन गर्दै आएका भवानी योक्पाङ्देन तटीय क्षेत्र जोखिमपूर्ण बनेको बताउँछन्।

‘बाढी आउनुअघि ठूलो बगर थियो। फिजारिएको खोलामा बाढी आइहाल्दा पनि डराउनुपर्ने अवस्था थिएन’, योक्पाङ्देनले भने, ‘अहिले बाढीले सबै बगर पुरेको छ भने खोला गहिरिएर गएको छ।’

गहिरिएको खोलाले सानो बाढी आउँदा पनि बगर छिचोल्ने डर तटीय क्षेत्रका बासिन्दाको छ।

विगतमा रहेकोभन्दा बाढी आएपछि खोलाले बहाव यत्रतत्र बदलेको छ। जसकारण पानीको मात्रा बढ्नासाथ बहाव बदलिएर बस्तीसम्म पस्ने खतरा कायमै रहेको योक्पाङ्देनको चिन्ता छ।

‘बर्खा सुरु मात्रै हुँदैछ। अझै पानी पर्ने समय तीन/चार महिना बाँकी छ’, योक्पाङ्देनले भने, ‘समग्रमा खोलाले तटीय क्षेत्रमा चिन्ता थपेको छ।’

प्रायजसो साउन र भदौमा अधिक वर्षा हुने हुँदा बाढीको जोखिम उत्तिकै रहेको र अब बाढीले कता क्षति पुर्‍याउला भन्ने अनुमान गर्न नसकिने अवस्था आएको उनको भनाइ छ।

हेंवा खोला र तमोर नदीको दोभान माझीटारमा खोलाले शताब्दीऔँदेखि बसोबास गरिरहेको बस्तीमा कटान थालेको छ। फिदिम नगरपालिका-४ र हिलिहाङ गाउँपालिका-७ माझीटारमा कहिल्यै खेती नटुटेको खेतबारीलाई यसपालिको बाढीले ढुङ्गामुढाको खण्डहरमा परिणत गरिदिएको छ।

दोभान नजिकै हेंवा खोलामा ढुङ्गा थुपारेको छ। नदीको कटान परिवर्तन हुनु र ढुङ्गा थुपारिनुले माझीटारको मुख्य बस्ती जोखिममा परेको स्थानीयवासी प्रकाश माझीको भनाइ छ।

‘अहिलेसम्म हामीले यस्तो जोखिम देखेका/भोगेका थिएनौँ’, माझीले भने, ‘यसपालि घर छोडेर भाग्नुपर्ला कि जस्तो बनायो।’

बाढीका कारण हेंवा खोलाका कुलबहादुर लावतीको खेतीयोग्य जमिन बालुवा, ढुङ्गा र मुढाले भरिएको छ। जे रोप्यो त्यही फल्ने खेत बालुवाले पुरेपछि के आम्दानीले जीविका चलाउने भन्ने चिन्ता परेको लावती बताउँछन्।

बङ्गुर, हाँस र कुखुराको पालन तथा सागसब्जी उत्पादन गरी फिदिममा बिक्री गर्दै आएका भवानी योक्पाङ्देनको लगानी बालुवामा परिणत भएपछि उस्तै चिन्तामा छन्। माझीटारको धेरै धान उत्पादन हुने खेत बगाएको छ भने खानीपानी र सिँचाइका स-साना योजनालाई कामै नलाग्ने बनाइदिएको छ।

हेंवा खोलाले शताब्दीऔँदेखि अन्नपात उत्पादन गरिँदै आएका खेतबारीमा क्षति पुर्‍याएको छ। खण्डहर र बगर बनेका खेतबारीमा तत्कालै उत्पादन हुने सम्भावना छैन। जसले हिँउद र बर्खामा दुई खेती गरी जीविका चलाउँदै आएका कृषकलाई मारमा पारेको छ। त्यससँगै बाढीको जोखिमले भविष्यबारे पनि स्थानीयवासीलाई चिन्तित पारेको छ।

आफूहरु जोखिममा परे पनि सरकारी निकायले बेवास्ता गरेको हिलिहाङ-७ की सुमिना लिम्बूको भनाइ छ।

‘घर बगाएका, मृत्यु र बेपत्ता भएका परिवारबारे सरकारले चासो राखेको छ तर घरबार भएर पनि बस्न नसक्ने स्थितिमा पुगेका हामीलाई कसैले एक शब्द सोध्नुभएको छैन्’, लिम्बूले हिलिहाङ गाउँपालिकाका निवर्तमान अध्यक्ष भुवानीप्रसाद लिङदेनसमक्ष गुनासो पोखिन्, ‘आज बल्ल तपाईं हाम्रो पीडा हेर्न आइदिनुभयो। अरुलाई त फोन गरेर आइदिनुहोस् न भन्दा पनि मान्नुभएन।’

तमोर कोरिडोर र मेची राजमार्गमा पेसा व्यवसाय चलेका तथा खेतीयोग्य जमिनमा प्रशस्तै उत्पादन भइरहेका क्षेत्रलाई एकै बाढीले धराशायी बनाएपछि स्थानीयवासी अत्तालिएका छन्। स्थानीय सरकारले केही ढाडस दिएर जोखिममुक्त गर्दै उत्पादन र व्यवसायलाई पुरानै लयमा फर्काउनु आवश्यक रहेको जिल्ला समन्वय समिति पाँचथरका निवर्तमान प्रमुख विष्णुप्रसाद सापकोटा बताउँछन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै