४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गण्डकीमा किसानलाई रासायनिक मल अभाव नहुने

२८ असार २०८०, बिहीबार ०७:३८

असार २८, पोखरा | गण्डकी प्रदेशमा यस वर्ष रासायनिक मल मौज्दात पर्याप्त रहेकाले किसानले अभाव बेहोर्नु नपर्ने कृषि सामग्री कम्पनीले दाबी गरेको छ।

बर्सेनि धानखेतीको समय रासायनिक मल अभाव झेल्दै आएका गण्डकी प्रदेशका किसानलाई कृषि सामग्री कम्पनी पोखराले यस वर्ष मागेजति दिइने बताएको हो। 

कृषि सामग्री कम्पनी गण्डकी प्रदेश प्रादेशिक कार्यालय, पोखराका प्रमुख ठाकुरप्रसाद बास्तोलाका अनुसार हाल कम्पनीमा डिएपी २१ टन र युरिया पाँच टन गोदाममा छ। थप मल आउने क्रममा रहेकाले यस वर्ष धानखेतीको समयमा रासायनिक मल अभाव नहुने उनले जानकारी दिए। 

यो वर्ष अहिलेसम्म मलको अभाव नरहेको राष्ट्रिय कृषक समूह महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष चित्रनाथ सापकोटाले बताए। धान लगाउने समय छिटपुट रुपमा पोटास अभाव देखिए पनि युरिया र डिएपी अभाव नरहेको उपाध्यक्ष सापकोटाको भनाइ छ।

‘तत्काललाई मलको समस्या देखिएको छैन। अब युरिया मल आवश्यक पर्ने समय आउँदै छ’, उपाध्यक्ष सापकोटाले भने, ‘युरिया स्टकमा छैन भनेको सुनेको छु तर आधिकारिक सूचना आएको छैन। अहिलेसम्मलाई समस्या छैन।’ 

गण्डकी प्रदेशमा एक वर्षमा पाँच हजार टन युरिया, तीन हजार टन डिएपी र पाँच सय टन पोटास आवश्यक पर्ने कृषि सामग्री कम्पनी पोखराका प्रमुख ठाकुरप्रसाद बास्तोलाले जानकारी दिए। यीमध्ये कास्कीमा एक हजार टन, डिएपी पाँच सय टन र पोटास ५० टन आवश्यक रहेको उनले बताए।

चालू आर्थिक वर्षको अन्त्यसम्ममा कास्कीका लागि आवश्यकमध्ये युरिया ६ सय टन, डिएपी तीन सय टन र पोटास २१ टन आइसकेको छ। सोही आधारमा अन्य जिल्लाका लागि पनि रासायनिक मल आइसकेको प्रमुख बास्तोलाले जानकारी दिए। 

अहिलेसम्म आएको मलले उपभोक्ताको चित्त बुझाइरहेको प्रमुख बास्तोलाले बताए। उनले भने, ‘सहकारी संस्था र कृषि सामग्री विक्रेताको माग त ठूलो छ। मागअनुुसार दिन नसके पनि चित्त बुझाएको छु।’

मल अभाव हुन नदिन नातावाद र पहँुचका आधारमा नबाढी दामासाही ढंगले सहकारी संस्था र कृषि सामग्री बिक्रेतालाई दिएको उनले सुनाए। 

गण्डकीमा कृषि सामग्री कम्पनी र साल्ट टे«डिङले मल बिक्री गर्दै आएका छन्। जसमा कृषि सामग्रीले ७० र साल्ट ट्रेडिङले ३० प्रतिशत मल बिक्री गर्दै आएका छन्। कृषि सामग्रीले प्रदेशका ११ वटै जिल्लामा मल बिक्री गर्दै आएको कम्पनीका सूचना अधिकारी गोपालजंग गुरुङले जानकारी दिए।

गण्डकी प्रदेशमा सबैभन्दा बढी नवलपुर र त्यसपछि स्याङ्जा, तनहुँ, कास्कीलगायत जिल्लामा मल खपत हुने गरेको सूचना अधिकारी गुरुङले बताए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ