सप्तकोशीमा बससंग ठोक्किदा ट्रक नदीमा खस्यो, ट्रकमा रहेका ३ को उद्धार

Posted on: 14 Jul, 2023

असार २९, काठमाडौँ | सप्तकोशीको पुलबाट ट्रक नदीमा खसेको  छ । आज बिहान पौने ८ बजेतिर कोसी ब्यारेजको १० नम्बर पुलमा बस र ट्रक एकापसमा ठोक्किदा ट्रक नदीमा खसेको हो |

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बससँग ठोकिँदा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक नदीमा खसेको हो । ट्रकभित्र रहेका तीन जनालाई प्रहरीले उद्धार गरेको छ । उनीहरूको अवस्था सामान्य छ ।

ट्रक नदीमा खस्नासाथ प्रहरीले देखेकाले तत्काल उद्धार गर्न सकिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले बताए । ट्रकलाई भने नदीले बगाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!