रौतहटमा धारिलो हतियार प्रहार गरी एक पुरुषको घरमै हत्या

Posted on: 14 Jul, 2023

असार २९, काठमाडौँ | रौतहटको देवाही गोनाही नगरपालिकामा धारिलो हतियार प्रहार गरी एक पुरुषको घरमै हत्या गरिएको छ । देवाही गोनाही नगरपालीका–६ कर्कच कर्मैयाका ३५ वर्षीय जगरनाथ साहको आफ्नै घरमा हत्या भएको हो । आफ्नै कोठाभित्रको खाटमा साहको शव फेला परेको प्रहरीले जनाएको छ । 

रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढा मगरले भने, ‘उनको घाटीमा धारिलो हतियारले प्रहार भएको देखिएको छ ।’ उनले भने, ‘घटनापछि मृतक साहका श्रीमती चन्दा साहलाई नियन्त्रणमा लिएर सोधपुछ गरेका छौं ।’ प्रहरी शुक्रबार बिहान २ बजे घटनास्थल पुगेको थियो । हत्या कसले गरेको भन्ने अहिलेसम्म खुलेको छैन ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइए छ । घटनाबारे अनुसन्धान गर्न मृतकको श्रीमतीसँग सोधपुछ भइरहेको एसपी बुढामगरले बताए ।

प्रारम्भिक अनुसन्धानका क्रममा मृतककी श्रीमतीले राति चारजना मान्छेहरु घर भित्र प्रवेश गरी आफूलाई छेउको कोठामा थुनेर श्रीमानको हत्या गरेको बताएकी छिन । हत्याबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!