झापामा चार्जमा रहेको मोबाइल फोन उठाउने क्रममा करेन्ट लगेर महिलाको मृत्यु

Posted on: 15 Jul, 2023

असार ३०, झापा | झापामा चार्जमा रहेको मोबाइल फोन उठाउने क्रममा करेन्ट लगेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा जिल्लाको गौरिगञ्ज गाउँपालिका १ की ५५ वर्षीय सिला बुढाथोकी रहेकी जिल्ला प्रहरी कार्यालय झापाले बताए ।

खेतमा काम गरेर घर फर्किएलगत्तै चार्जमा रहेको मोबाइलमा फोन आएपछि बुढाथोकीले फोन उठाएकी थिइन् । सोही क्रममा अचानक फोनबाट करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!