असार ३० काठमाडौँ | मेडिकल व्यवसायी दुर्गा प्रसाईंले विकास न्युज डटकमका प्रधान सम्पादक रामकृष्ण पौडेललाई ज्यान मार्ने धम्की दिएकोभन्दै नेपाल पत्रकार महासंघ ललितपुर शाखले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शनिवार एक विज्ञप्ति जारी गर्दै शाखाका सचिव रामहरि कार्कीले सो धम्कीको घोर भर्त्सना गरेको उल्लेख गरेका छन् ।
शाखाले समाचारको विषयलाई लिएर दुर्गा प्रसाईले गत असार २९ गते बेलुका ६: ५५ बजे ९८०१०५२२२२ नम्बरबाट फोन गरेर धम्की दिएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ‘भाइ तिमीले मेरो बारेमा धेरै समाचार बनायौ, तिमीले मलाई चिनेका छैनौं, मसँग निहुँ खोज्नेलाई बाँकी राख्दिनँ, धेरैलाई मैले सिध्याएको छु, मलाई कसैले पनि जित्न सक्दैनन्, बुझ्यौ भाइ, मेरा पछाडि हजारौं मान्छे छन्, भाइ तिम्रो सुरक्षा कसले गर्न सक्छ ?’ भनेर धम्की दिएको छ ।’
समाचारमाथि चित्त नबुझे कानुनी कारबाहीमा जाने बाटो हुँदा हुँदै पत्रकारकै ज्यान सिध्याइदिने धम्की दिने शक्ति दुर्गा प्रसाईंले कहाँबाट पाए ? भन्दै ललितपुर शाखाले सम्बन्धित निकायसँग यसको जवाफ माग मागेको छ । साथै प्रसाईको धम्कीपछि रामकृष्ण पौडेलको सुरक्षा सम्वेदनशीलता थपिएको महसुस गरेको भन्दै सरकार, प्रहरीलगायत निकायलाई पनि विषयवस्तुको सम्वेदनशीलता बुझिदिन अपिल गरिएको छ ।
हेर्नुहोस विज्ञप्ति:-
