झापामा १२ वर्षीया नाबालिग बलात्कृत गरेको आरोपमा एक युवक पक्राउ

Posted on: 17 Jul, 2023

साउन १, काठमाडौँ | झापामा १२ वर्षीया बालिका नाबालिकालाई बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका-१ बस्ने ५९ वर्षीय नरेश रसाइली रहेको प्रहरीले जनाएको छ |

ती बालिकालाई रसाइलीले बुबाआमा धान रोप्न खेतमा गएको अवस्थामा ललाइ फकाई आफ्नै घरको कोठाभित्र लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!