साउन ३, काठमाडौँ | काठमाडौं महानगरपालिकाले महानगरपालिका–१० देवीनगरस्थित भद्रकुमारी घले सेवा सदनमा डोजर चलाएको छ |
सार्वजनिक जग्गा कब्जा गरी भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेपछि महानगर प्रहरीले उक्त भवन खाली गराउन आज डोजर चलाएको हो ।
यसअघि महानगर प्रहरीले भवन खाली गर्न सूचना दिएको थियो । तीन दिनअघि उक्त भवन खाली गर्न आग्रह गर्दा पनि नटेरेपछि आज नगरप्रहरीले डोजर चलाएको हो ।
भद्रकुमारी घले सेवा सदनमा बस्दै आएका असहाय अशक्त वृद्धवृद्धालाई मानव सेवा आश्रममा पठाइने नगरप्रहरी प्रमुख राजु पाण्डेले बताए ।
त्यहाँ ६ वटा भवनमा काठमाडौं महानगरले डोजर चलाउने भएको छ । ५ रोपनी १२ आना क्षेत्रफलमा रहेका संरचना अवैध रहेकोले भत्काउने निर्णय भएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।