२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

अविवाहित आमाले जन्माएर फालेको शिशुको ज्यान प्रहरीको सकृयताले बच्यो

२०७३, १४ आश्विन शुक्रबार ११:५९

पूर्णप्रसाद न्यौपाने/असोज १४, ओखलढुंगा ।ओखलढुंगामा प्रहरीको सकृयता र स्थानियको सहयोगले एक नवजात शिशुको ज्यान बचेको छ । जिल्लाको च्यानम गाविसकी एक अविवाहित किशोरी छत्तीस कुमारी भुजेल (नाम परिवर्तन) ले जन्माएर फालेको शिशुलाई स्थानियको सहयोगमा प्रहरीले बचाएको हो ।

बुधबार एक नवजात शिशु फेलापरेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । तत्काल स्थानियको सकृयतामा शिशुको उद्धार गरिएको र विशेष अनुसन्धान गरेर शिशु जन्माएर फाल्ने अभिवाहित आमा पत्ता लगाएर नियन्त्रणमा लिई शिशुलाई आमासँगै राखिएको प्रहरी निरीक्षक टिकाबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले शिशु र आमा दुवैको अवस्था समान्य छ । आमा र नवजात शिशुलाई दुवैलाई अहिले ओखलढुंगा सामुदायिक अस्पतालमा राखिएको छ ।

शिशु जन्माएर फाल्ने किशोरीले प्रहरी र स्थानिय सँगको वयानमा ठुलाछाप गाविसका एक कार्की थरका युवासँगको यौन सम्बन्धबाट शिशु जन्माएको स्विकार गरेकी छिन् । बुधबार च्यानममा शिशु जन्माएर फालेकी किशोरीलाई सदरमुकाम आएर फर्किँदै गरेको अवस्थामा प्रहरीले विषेश अनुसन्धान गरेर बिच बाटाबाटै नियन्त्रणमा लिएको थियो ।

स्थानियको सहयोगमा प्रहरी कर्मचारीहको सकृयताले तत्काल आमा पत्ता लगाएर शिशुको ज्यान बचाउन सफल भएको जिल्ला प्रहरी प्रमुख मिलन केसीले बताउनुभयो । शिशु जन्माएकी अविवाहित किशोरीमा आफन्तले भने शिशुको बुबा पत्ता लगाएर उसैलाई जिम्मा लगाईदिन प्रहरीलाई अनुरोध गरेको स्रोतले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित