धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्‍यु

Posted on: 21 Jul, 2023

साउन ५, धादिङ | धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्‍यु भएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको  रोराङ गाउँपालिका-३ मलेखुमा काठमाडौबाट मुग्लिङतर्फ जादै गरेको ट्रक र  विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२-०३७ प ७७३१ नम्बरको मोटरसाइकल ओभरटेक गर्ने क्रममा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिए ।

प्रहरीका अनुसार मोटरसाइकलको पछाडि सवार महिला घाइते भएकी छन् ।

घाइते महिलाको उपचारको लागि काठमाडौंको बी एण्ड बी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!