८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

संगम कप सेभेन ए साईड फुटवल प्रतियोगिता शनिबारबाट

१४ आश्विन २०७३, शुक्रबार १५:०१

असोज १४, पोखरा | पोखराको संगम क्लवको आयोजनामा भोलि (शनिबार) देखि पाँचौं संस्करणको संगम कप सेभेन ए साईड फुटवल प्रतियोगिता २०७३ हुने भएको छ ।

माछापोखरी खेल मैदानमा ८ दिनसम्म संचालन हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको क्लवका अध्यक्ष शिव गुरुङ्ग  ले बताए । उनका अनुसार प्रतियोगितामा ४७ टिमको सहभागिता हुने छ । उद्घाटन दिउँसो २ बजे पछि आर्टी टेनिङ सेन्टर बिरुद्ध डेविड फल्स क्लव बिच हुने भएको छ ।

“लागु औषद निर्मुल हाम्रो अभियान, समाज परिवर्तनमा युवा जागरण ” भन्ने मुल नाराका साथ आयोजना हुने प्रतियोगिताको उद्घाटन शिखर बहुउद्धेश्य सहकारी संस्थाका अध्यक्ष एवं समाजसेवि रवि शर्माले गर्ने कार्यक्रम तय भएको क्लवले जनाएको छ ।

संगम, एल.जी, हङ्गकङ्गको मुख्य प्रायोजनामा संचालन हुने उक्त प्रतियोगितामा विजेता टिमलाई १ लाख २१ हजार १ सय ११ रुपैया र दोश्रो हुने टिमलाई भने ६१ हजार १ सय ११ रुपैया साथमा ट्रफि मेडल र प्रमाणपत्र वितरण गरीने भएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्ने भएको छ । त्यसै गरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट स्टाईकर, उत्कृष्ट डिफेन्स र हाईस्कोररलाई जनहि दुई दुई हजार साथमा ट्रफि प्रदान गरीने भएको छ ।

शिखर बहुउद्धेश्य सहकारी संस्थाका अध्यक्ष एवं समाजसेवि रवि शर्माले पहिलो पुरस्कार प्रायोजना गरेका छन भने मुख्य प्रायोजक संगम, एल.जी, हङ्गकङ्गले उक्त प्रतियोगिताको लागि ५ लाख ४३ हजार १७ रुपैया आर्थिक सहयोग गरेकोे क्लवले जनाएको छ ।

त्यसै गरी सह प्रायोजकको रुपमा संगम युके र संगम जापान रहेका छन । फुटवल खेलको विकास गराउने उद्धेश्यले नेपालीहरुको महान पर्व वडा दशैं तथा शुभ दिपावलीको अवसरमा उक्त प्रतियोगितालाई निरन्तरता दिदै आएको प्रतियोगिताका संयोजक सुर्य बहादुर गुरुङ्ग (राजु) ले बताए ।

२०६६ मा २० हजार प्रथम पुरस्कार राखेको क्लवले हरेक बर्ष पुरस्कार राषिमा बृद्धि गर्दै अघि बढेको छ । गत बर्ष विजेतालाइ ८० हजार थियो भने यस बर्षका विजेतालाई एक लाख २१ हजार १ सय ११ रुपैया रहेको छ । प्रतियोगिता असोज २२ गते सम्म संचालन हुने छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी