मनिष गुप्ता | असोज १४, कपिलवस्तु | बजारमा गुणस्तरहीन खाद्यपदार्थ विक्रीवितरणले उपभोक्ताले हैरानी खेप्नुपरेको जनगुनासो बढेसँगै जिल्ला प्रशासन कार्यालय कपिलवस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मनिष गुप्ता | असोज १४, कपिलवस्तु | बजारमा गुणस्तरहीन खाद्यपदार्थ विक्रीवितरणले उपभोक्ताले हैरानी खेप्नुपरेको जनगुनासो बढेसँगै जिल्ला प्रशासन कार्यालय कपिलवस"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

चाडपर्वसँगै प्रशासनद्वारा बजार अनुगमनमा तिब्रता

१४ आश्विन २०७३, शुक्रबार १५:१५


मनिष गुप्ता | असोज १४, कपिलवस्तु | बजारमा गुणस्तरहीन खाद्यपदार्थ विक्रीवितरणले उपभोक्ताले हैरानी खेप्नुपरेको जनगुनासो बढेसँगै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बजार अनुगमनमा तिब्रता दिएको छ ।

जिल्लाको तौलिहवा, जितपुर ४ नं., गोरुसिंग लगायतका स्थानमा अनुगमन गरिसकेको टोलीले शुक्रबार शिवराज नगरपालिकाको चन्द्रौटामा छड्के अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी भरत कुमार बुढाथोकीको अगुवाईमा चन्द्रौटाका होटल, किराना,  मिठाई, फलफूल, मदिरा लगायत एकदर्जन बढी पसलमा अनुगमन गरेको हो । अनुगमनका क्रममा अधिकांश पसलमा मूल्यसूची टाँस नगरिएको, नगरपालिका तथा सम्बन्धित अन्य निकायमा दर्ता नभएको, केही पसलहरुमा अत्यधिक फोहोरो भएको, सडेका फलफुल राखिएको फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी वुढाथोकीले बताउनुभयो । साथै केही पसलमा फेला परेका म्याद नाघेका सामान सिज गरिएको टोली प्रमुख सहायक प्रजिअ बुढाथोकीले जनाउनुभयो ।

सहायक प्रजिअ बुढाथोकीले अब गल्ती नदोर्याउन सुझाव दिएको र एक हप्ताभित्र सम्बन्धित निकायमा व्यवसाय दर्ता गर्न उनले निर्देशन दिएको जानकारी दिनुभयो । साथै हरेक पसलले अनिवार्य रुपमा मूल्य सूची देखिने गरी टाँस गर्न सुझाव दिएको उहाँले जनाउनुभयो । होटल अनुगमन गर्दा खानेकुरा खुल्ला राखेको, सरसफाईमा लापरवाही गरेको पाइएकाले सरसफाईमा विशेष ध्यान दिनुपर्ने पसल व्यवसायीलाई सम्झाएको सहायक प्रजिअ बुढाथोकीले बताउनुभयो । यस्तै स्वस्थ सामग्री सहुलियत मूल्यमा उपभोक्तालाई प्रदान गर्नुपर्ने व्यवसायीसँग उहाँले जिकिर समेत गर्नुभयो ।


एकाएक बजार अनुगमन गर्दा त्रसित बनेका व्यवसायीलाई सम्बोधन गर्दै सहायक प्रजिअ बुढाथोकीले चाडपर्वका वेलामा मात्र नभई अब नियमित वजार अनुगमलाई तिव्रता दिने बताउनुभयो । “पहिलो पटक गल्ती भेटाए पनि हामीले सचेत मात्र गराउने काम गर्यौं । फेरि पनि अनुगमन गर्दा त्यस प्रकारको गल्ती भेटिएमा कानुनअनुसार कारवाही हुन्छ” उहाँले भन्नुभयो ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत प्रेम बहादुर खवास, उपभोक्ता हित संरक्षण मञ्चका उपाध्यक्ष सुरेन्द्रराज लम्साल, इलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत जगदीश अर्याल, सुब्बा सुभाषचन्द्र बरई, शिवराज नगरपालिकाका प्राविधिक शिव पराजुली, संचारकर्मी लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ