२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गर्भवतीको पोषणमा कमी हुन नदिनका लागि ‘माइतीको पोषिलो कोसेली’ कार्यक्रम

७ श्रावण २०८०, आईतवार ०८:५८

साउन ७, गोरखा | गोरखाको अजिरकोट गाउँपालिकाले गर्भवती र गर्भमा रहेका शिशुको पोषण सुधारका लागि गर्भवतीलाई लोकल भैँसीको घिउ र अन्डा वितरण गर्दै आएको छ । गर्भवती  र गर्भमा रहेका शिशुको पोषणमा कमी हुन नदिन ‘माइतीको पोषिलो कोसेली’ कार्यक्रमअन्तर्गत पालिकाभित्रका गर्भवतीलाई लोकल भैँसीको घिउ र अन्डा वितरण गर्दै आएको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिएका छन् ।

‘पोषिलो खानेकुराको अभावमा गर्भवती  र गर्भमा रहेको शिशुको शारीरिक तथा मानसिक वृद्धिविकासमा असर परिरहेको हुन्छ’, उनले भने , ‘बालबालिकालाई कुपोषणबाट जोगाउनका लागि गर्भमा रहँदादेखि नै ध्यान पुर्याउन सकियोस् भन्ने उद्देश्यले ‘माइतीको पोषिलो कोसेली’ कार्यक्रम सञ्चालन ल्याइएको हो ।’ कार्यक्रमअन्तर्गत पालिकाभित्रका स्वास्थ्य संस्थामा गर्भ परीक्षणका आउने गर्भवतीलाई पोषिलो आहार वितरण गर्ने गरिएको उनले बताए ।

‘पोषण सुधारका लागि सञ्चालित ‘माइतीको पोषिलो कोसेली’ कार्यक्रमअन्तर्गत गाउँमै उत्पादित लोकल भैँसीको घिउ र अन्डा गर्भवतीलाई प्रदान गर्ने गरिएको छ’, गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ठाकुर भट्टले भने, ‘गर्भ परीक्षण गराउन आएको पहिलो, तेस्रो र चौथो भेटमा प्रत्येक पटक एक–एक मानाका दरले लोकल घिउ र एक-एक क्रेट अन्डा उपलब्ध गराउने गरिएको हो ।’

स्थानीयस्तरमा उत्पादन भएको घिउमा मिसावट नहुने र पोषणयुक्त हुने भएकाले गाउँपालिकाले स्थानीय उत्पादन नै खरिद गरेर गर्भवतीलाई वितरण गर्दैै आएको शाखा प्रमुख भट्टले बताए । चौथोपटकको भेटमा सुत्केरी गराउन आएका बेला भने भैँसीको घिउ र अन्डासँगै न्यानो पछ्यौरीसमेत प्रदान गर्ने गरिएको उनको भनाइ छ ।

कार्यक्रमले गर्भवतीलाई नियमित गर्भ परीक्षण गराउन प्रोत्साहनसमेत मिलेको शाखा उनले बताए । ‘नियमित गर्भ परीक्षण गराए आमा र शिशुको स्वास्थ्य अवस्थाका बारेमा पनि जानकारी हुने र गाउँपालिकाबाट पोषण सामग्री पनि पाउने भएपछि नियमित गर्भ परीक्षण गराउनुपर्छ भन्ने सोचको विकास पनि हुँदै गएको छ’, उनले भने, ‘यसबाट गर्भवतीलाई स्वास्थ्य सुरक्षामा ध्यान पुर्‍याउन पनि सजिलो भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै