बैतडीमा सडक भासिएर आएको पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु

Posted on: 24 Jul, 2023

साउन ८, बैतडी | बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु भएको छ। जिल्लाको पुर्चौडी नगरपालिका–२ को भैरु टोलमा गएराति माथिबाट सडक भासिएर आएको पहिरोले स्थानीय महेश जागरीको घर पुरिँदा उनकी श्रीमती र छोराको मृत्यु भएको हो।

मुत्यु हुनेमा अन्दाजी २५ वर्षीया अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजन जागरी रहेको प्रहरीले बताएको छ। अञ्जुका देवर गोब्बर जागरी घाइते भएको इलाका प्रहरी कार्यालय पाटनले जानकारी दिए। स्थानीय र प्रहरीको सहयोगमा गोब्बरलाई घाइते अवस्थामा उद्धार गरिएको थियो।

स्थानीयका आनुसार महेश जागरी रोजगारका लागि भारतको चिथौरागढमा छन्। घटनाबारे उनलाई खबर गरिएको र भोलिसम्म आइपुग्ने बताए। 

हिजो महेश जागरीकी आमा ४५ वर्षीय रायमति जागरी, श्रीमती रञ्जु, छोरा रिजन, भाइ गोब्बर र एकजना पाहुना सो घरमा सुतेका थिए।

रायमति र पाहुना पहिरो जाँदाजाँदै घरबाट बाहिर निस्कन सफल भएका थिए भने तीन जना पुरिएका थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!