झापामा सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

Posted on: 24 Jul, 2023

साउन ८, झापा | झापामा सवारी ज्यान मुद्दामा सजाय ठहर भई फरार रहेका प्रतिवादी पक्राउ परेका छन् |

पक्राउ पर्नेमा गौरादह नगरपालिका–१ बस्ने ५५ वर्षीय चित्रबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत झापाको २०७८ चैत १० गतेको फैसलाले सवारी ज्यान मुद्दामा २ महिना कैद, २ हजार रूपैयाँ जरिवाना र २ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!