२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विश्व खाद्य कार्यक्रमको कार्यालय खोली ठगी गर्ने व्यक्तिहरू पक्राउ

२०८०, ८ श्रावण सोमबार १५:४३

साउन ८, काठमाडौं । विश्व खाद्य कार्यक्रमको नाममा कार्यालय खोली ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–९ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ बस्ने ४७ वर्षीय जयराम केसी भन्ने घनश्याम कटुवाल र मकवानपुर बागमती गाउँपालिका–९ घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका–५ बस्ने ४० वर्षीय दिनेश भन्ने लीला बहादुर भोलोन रहेको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख दान बहादुर कार्कीले जानकारी दिएका छन् । 


बूढानीलकण्ठस्थित भाडाको घरमा कार्यालय सञ्चालन गरी नक्कली कर्मचारीहरु खडा गरी विश्व खाद्य कार्यक्रमको नक्कली छाप तथा लेटरप्याड समेत बनाई विभिन्न राष्ट्रिय दैनिक पत्रिकामा टेण्डर आह्वानको विज्ञापन छपाई ठगी गरेको भन्ने सूचना पाएपछि जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगंजबाट खटिएको संयुक्त प्रहरीले अनुसन्धानको क्रममा उनीहरुलाई भक्तपुरबाट पक्राउ गरेको हो ।

उनीहरूको साथबाट नगद २ लाख रूपैयाँ, नेपालको राष्ट्रिय झण्डाहरु, अन्तर्राष्ट्रिय खाद्य सुरक्षा कार्यक्रम लेखिएको छाप १ थान तथा लेटर प्याड ३ थान, फायल रजिस्टर १ थान, हाजिरी रजिष्टार १ थान, ह्वाइट बोर्ड १ थान, बोर्ड नेमप्लेट, टेवल नेमप्लेट, घरभाँडा सम्झौतापत्र, विभिन्न स्टेशनरीका सामानहरु, विभिन्न फर्निचरका सामानहरु, प्रिन्टर ४ थान, कम्प्युटर ४ थान र खरिद आदेश प्राप्त भएको कागज समेत प्रहरीले बरामद गरेको पनि कार्कीले बताए । 

उनीहरुमाथि ठगी सम्बन्धि कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको छ । घटनामा संलग्न फरार अन्य ३ जनाको प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै