नारायणगढ–मुग्लिन सडकखण्डको दुईतर्फी नै अवरुद्ध

Posted on: 25 Jul, 2023

साउन ९, चितवन | नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलामा पहिरो खस्दा सडक दुईतर्फी नै अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका–४ स्थित कालिखोलामा आज बिहान पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार सो सडकखण्ड भएर चल्ने सवारीसाधन दुईतर्फी नै रोकिएका छन् ।

उनले पहिरो पन्छाउने क्रम जारी रहे पनि पानी परिरहेकाले समस्या हुँदा कति समय लाग्न भन्न नसकिने बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!