तनहुँको साँखरमा दुई माइक्रो बस एक आपसमा ठोकिँदा १२ यात्रु घाइते

Posted on: 25 Jul, 2023

साउन ९, तनहुँ | पृथ्वीराज मार्गमा पर्ने तनहुँको साँखरमा दुई माइक्रो बस एक आपसमा ठोकिँदा १२ यात्रु घाइते भएका छन् ।

आँबुखैरेनी गाउँपालिका–४ स्थित साँखरमा माइक्रो बस एक आपसमा ठोकिँदा दुर्घटनामा परि माइक्रोमा सवार १२ जना यात्रुहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिए |

मुग्लिङबाट आँबुखैरेनी जाँदै गरेको बा २ ख ४०२० नं को माईक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५१७९ नम्बरको माईक्रो मङ्लगबार राती ९:२० बजे  एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । 

दुर्घटनामा परी घाइते हुनेमा  तनहुँको ब्यास नगरपालिका–४ बस्ने २५ वर्षीय गणेश राई, कास्की पोखरा महानगरपालिका–२१ बस्ने ४१ वर्षीय विजय पौडेल,  ४५ वर्षीय प्रेम ठकुरी, १९ वर्षीय रोशन ठकुरी, पोखरा महानगरपालिका–१४ बस्ने ४४ वर्षीय मनोज तामाङ, ३६ वर्षीय सबिता श्रेष्ठ तामाङ घाइते हुनु भएको छ । यसै गरी रौतहट जिल्लाको वृन्दावन नगरपालिका–७ बस्ने २६ वर्षीय प्रमोद चौधरी र दोलखा दार्जे गाउँपालिका–२१ बस्ने १८ वर्षीय आइजन गुरुङ, धादिङ नीलकण्ठ नगरपालिका–१ बस्ने २४ वर्षीय राजु गिरी, गोरखा जिल्लाको पालुङटार नगरपालिका–६ बस्ने ३६ वर्षीय रामप्रसाद गुरुङ, तनहुँको व्यास नगरपालिका– ११ बस्ने ४० वर्षीय डिल्लीराम भुजेल, कास्की जिल्लाको पोखरा महानगरपालिका–१४ बस्ने ३८ वर्षीय लेकाली गुरुङको रहेको प्रहरीले जनाए |

घाइतेहरू मध्ये चार जनाको उपचार आँबुखैरेनी अस्पतालमा भइरहेको छ भने बाँकी ८ जनाको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिए |

दुर्घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!