प्युठान सेवा समाज दुबइद्धारा पहिरो पिडितलाई राहत बितरण

Posted on: 01 Oct, 2016

असोज १५, प्युठान । उत्तरी प्युठानका पहिरो पिडितलाइ राहत बितरण गरिएको छ । प्युठान सेवा समाज दुबइको अगुवाइमा दुबइमा कामको शिलसिलामा रहेका नेपालीबाट संकलन गरेको १ लाख ५० हजार रुपैया रकम पहिरो पिडितलाइ उपलब्ध गराएको हो ।


यहि असोज ९ गते प्युठान सेवा समाज दुबई (यु ए ई) ले पहिरोमा परि ज्यान गुमाएकाको परिवारलाइ जिल्लाको ठुलाबेसी बजारमा राहात बितरण गरेको बताएको छ ।

पहिरोमा परि ज्यान गुमाएका ८ घरपरिवार, चार घर बिपन्न परिबार गरि १२ घर परिवारलाई राहत बितरण गरिएको हो । समाजका अनुसार खबाङका  २ घर, पुजामा ३ घर, रजवारामा २ घर, अर्खा­मा १ घर गरि आठ घर मृतक परिबारलाई राहत बितरण गरिएको राजन सुनारले जानकारी दिएका छन । 

त्यस्तै बिपन्न परिबारमा पुजा २ मा २ घर, बाग्लिबाङमा १, खोलाबाङ्ग ४ गरि १२ घर परिबारले राहत पाएको सुनारले बताए । 


उनका अनुसार मृतक परिवारलाइ दश हजारको दरले र बिपन्न परिवारलाई ६ हजार २ सय ५० का दरले नगद रकम प्रदान गरिएको छ । उत्तरी प्युठानमा दुई महिना अघि गएको बिनाशकारी पहिरोका कारण झन्डै चारदर्जन मानिसको मृत्यु हुनुका साथै सयौं परिवार बिस्थापित भएका थिए ।

- हाल दुबई (युएई) प्युठान सेवा समाज दुबईमा कार्यरत राजन सुनारको सहयोगमा । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!