२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अनुमति नलिई धार्मिक अनुष्ठान गरिएको भन्दै काठमाडौं महानगरले गर्‍यो अवरोध

२०८०, ९ श्रावण मंगलवार १२:२९

साउन ९, काठमाडौँ | काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा गरिएको धार्मिकअनुष्ठानमाथि अवरोध गरेको छ ।

काठमाडौं महानगरपालिका– ३२ स्थित शंखमूलघाटमा स्थानीयले आयोजना गरेको ‘प्रथम शंखमूल तीर्थ श्रावणी महोत्सव’ मा काठमाडौं महानगरपालिको प्रहरी टोलीले अवरोध गरेको हो ।

स्थानीयले सो स्थानमा गत १ साउनदेखि सञ्चालन गरिरहेका छन्। महानगरपालिकासँग अनुमति नलिइ अनुष्ठान गरिएको भन्दै  मंगलबार महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको नगरप्रहरीको टोलीले अनुष्ठान बन्द गर्न आग्रह गरेको हो ।

महानगरपालिकासँग अनुमति नलिई अनुष्ठान गरिएको भन्दै बन्द गराउन महानगर टोली पुगेको हो ।

धार्मिकस्थलमा मात्र धार्मिक कार्यक्रम गर्न नगरप्रहरी प्रमुख पाण्डेले आग्रह गरे भने स्थानीयले पनि सो स्थल धार्मिक स्थल नै भएकाले महोत्सव आयोजना गरेको जवाफ दिए । आफूहरूले लिखितरूपमा अनुमति लिएर भएपनि अनुष्ठान सञ्चालन गर्ने तर नरोक्ने स्थानीयले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै