२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ससुराली आएका भारतीय युवकले गरे आफ्नै श्रीमतीको हत्या

२०८०, १० श्रावण बुधबार ०५:५२

साउन १०, बारा | बाराको सिम्रौनगढस्थित आफ्नै ससुराली आएका एक भारतीय युवकले आफ्नै श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्।

सिम्रौनगढ नगरपालिका-६ स्थित ससुराली आएका भारतीय युवक अमिमुल अन्सारीले आफ्नी श्रीमती अश्मिना खातुनको हत्या गरेका हुन्।

उनले अश्मिनालाई मासु काट्ने धारिलो हतियार प्रहार गरी हत्या गरेको बाराका एसपी होबिन्द्र बोगटीले जानकारी दिए।

बुधबार बिहान दुई बजे श्रीमती सुतेको कोठाभित्र पसी धारिलो हतियारबाट घाँटी रेटी अन्सारीले हत्या गरेका थिए।

घरका सदस्यले होहल्ला गरेपछि छिमेकीहरू आई ढोका खोलेर हेर्दा युवक हत्या गरी त्यही बसेका थिए। छिमेकीहरूले युवकलाई समाती प्रहरीलाई बुझाएका छन्।

भारत बिहार ढाका थाना अन्तर्गत रुपौलिया गाउँ निवासी उनको सात वर्ष पहिले आशमिना खातुनसँग बिहे भएको थियो।

घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, बाराले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै