२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पोर्चुगलसँग पराजित भएपछि उपाधि होडबाट बाहिरियो भियतनाम

२०८०, ११ श्रावण बिहीबार ११:५५

साउन ११, काठमाडौँ | महिला विश्वकप फुटबल प्रतियोगिताको बिहीबार भएको खेलमा पोर्चुगलले भियतनामलाई २—० गोलले हराएको छ । समूह ‘ई’ को खेलमा पोर्चुगलसँग पराजित भएपछि भियतनाम उपाधि होडबाट बाहिरिएको छ । 

उक्त समूहमा चारवटै टोलीले दुई—दुई खेल खेलिसकेका छन् । चार अंकसहित अमेरिका पहिलो र समान अंक भएको नेदरल्यान्ड्स दोस्रो स्थानमा छन् । पोर्चुगल तीन अंकसहित तेस्रो स्थानमा छ । चौथो स्थानमा आसिन भियतनामले अंक जोड्न सकेको छैन । 

भियतनामविरुद्घको खेलमा पोर्चुगलले दुबै गोल पहिलो हाफमा गरेको थियो । खेल सुरु भएको सातौं मिनेटमा पोर्चुगलका लागि टेल्माले पहिलो गोल गरिन् । २१औं मिनेटमा फ्रान्सिस्का नाजारेथले अर्को गोल थपेपछि पोर्चुगल सहजै विजयी भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै