२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दाङमा आफन्तलाई हेल्मेटले हानेर महिलामाथि सामूहिक बलात्कार प्रयास, गाउँलेले बचाए

१२ श्रावण २०८०, शुक्रबार ०६:४८

साउन १२, दाङ । तुलसीपुरकी रमिता खत्री(परिवर्तित नाम) बुधबार बेलुकी दाइ नाता पर्नेसँग जसपुर आफन्तको घरबाट फर्कँदै थिइन् । बेलुकीको करिब पौने ७ बजे तुलसीपुर १२ गुहार खोला किनारमा थकाई मार्न बसिरहेका थिए ।

यत्तिकैमा ३ जना युवा आएर उनीसँगै रहेका आफन्तलाई हेल्मेटले टाउकोमा प्रहार गर्दै बन्धक बनाए । अनि महिलालाई अलिपर झाडीमा लगेर निबस्त्र बनाई बलात्कार गर्ने प्रयास गरे । तीनै जनाले पालैपालो बलात्कार गर्ने प्रयास गरेपछि महिला चिच्याउँदै हारगुहार गरिन् ।

महिला चिच्याएको आवाज सुनेपछि गाउँलेले बलात्कार हुनबाट बचाए । गाउँले आउनुपुर्व नै उनीहरूले महिलाको साथबाट सुनको सिक्री र मोबाइल लुटिसकेका थिए । महिलालाई बलात्कार हुनबाट जोगाएका गाउँलेले घटना संलग्न भएका तिकल चौधरी, अबिशेक परियार र दुर्गा केसीलाई प्रहरीको जिम्मा लगाएको स्थानीय टोपबहादुर बुढाथोकीले जानकारी दिए ।

इप्रका तुलसीपुरका निमित्त प्रमुख प्रहरी निरीक्षक पर्वत केसीका अनुसार पक्राउ परेकाहरू २० देखि २५ वर्ष उमेर समुहका छन् । बुधवार बेलुकीको घटना भएपनि आज मात्रै किटानी जाहेरी परेकाले सामूहिक बलात्कार प्रयास र डाँकाचोरी मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई म्याद थपका लागि दाङ जिल्ला अदालत घोराही लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै